चिनीयाँ कलाकारको कला प्रदर्शनी


नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा चिनीयाँ कलाकार स्याव वेनले एकल कला प्रदर्शनी गर्नुभएको छ । स्याव वेन चीनको हुनान प्रान्तका कलाकार हुन् । नेपाल करेन्ट मिडिया तथा अन्य चिनीयाँ संस्थाहरुको संयुक्त आयोजन रहेको एकदिने कला प्रदर्शनीमा राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा वरिष्ठ फोटोग्राफर गोपाल चित्रकार र कला पारखीहरुको बाक्लो उपस्थिती थियो ।

राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चिनीयाँ कलाकारको यसप्रकारको कला प्रदर्शनीले दुई देश विचको मित्रतालाई अझ प्रगाढ पार्ने जानकारी दिदै एक अर्कोको कला सस्कृति पनि बुझ्ने मौका पाउने बताउनुभयो । त्यस्तै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोपाल चित्रकारले नेपाल कलाकारहरुले यस कला प्रदर्शनीबाट धेरै कुरा सिक्ने मौका पाउने विश्वास ब्यक्त गर्नुभयो ।


यसैगरी चिनीयाँ कलाकार वेनले नेपाल कलाको क्षेत्रमा ठुलो आशा भएको देशभएकोले यसलाइृ अझ विकास गर्नुपर्ने बताउनुभयो तथा दुई देश विचको संस्कृति र परम्परालाई कलाको माध्यमबाट प्रस्तुत गर्न सकिने भएकोले आफुले प्रदर्शन गरेको प्रतिक्रिया दिनुभयो । उपस्थितहरुले दुई देशबिच भावनात्मक रुपमा नजिक हुन नेपाली कलाकारहरुले पनि आफ्नो कला प्रदर्शनी चीनमा पनि गर्नुपर्ने सुझाव दिएका थिए । साथै यस प्रकारको कला प्रदर्शनीले राष्ट्रले अगाडी बढाएको पर्यटन क्षेत्रको बिकास गर्न सकिने पनि धारण ब्यक्त गर्नुभयो । चिनीयाँ कलाकार वेनले आफ्नो कलामा जीवन, आशा, माया र प्रकृतिलाई प्रस्तुत गरेको छ ।
तस्विर : सुनिल शर्मा