प्रधानमन्त्री अझै एक साता अस्पतालमै बस्नुपर्ने


काठमाडौं, मंसिर १३ : प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको र अझै अझै एक साता अस्पतालमै बस्नुपर्ने उपचारमा संलग्न चिकित्सक टोली जनाएको छ।

प्रधानमन्त्री ओलीको मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया गरिएको थियो। त्यसको तीन दिनपछि उपचारमा संलग्न चिकित्सकले सामुहिक पत्रकार सम्मेलन गरि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था’bout जानकारी दिएको हो।

शुक्रबार बिहान सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रधानमन्त्री खतरामुक्त रहेको चिकित्सक टोलीले जनाएको छ। ‘प्रधानमन्त्रीज्यू खतरामुक्त हुनुहुन्छ,’ उपचारमा संलग्न डा.रमेशसिंह भण्डारीले भने, ‘उहाँलाई एक हप्तापछि डिस्चार्ज गरिन्छ। १० दिनमा उहाँ अस्पताल भर्ना हुनु पूर्वको अवस्थामा पुग्नुहुन्छ।’

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीकी निजी चिकित्सक डा.दिव्या सिंह शाहले मिर्गौला प्रत्यारोपणमा कुनै हतारो नभएको बताइन्। उनले अहिले गरिएको शल्यक्रियाले मिर्गौला प्रत्यारोपणमा असर नपर्ने बताइन्।