तीन दशकपछि धरानमा कांग्रेसको जित


धरान, मंसिर १६ : धरानमा नेपाली कांग्रेसका तिलक राई २७ हजार सात सय नौ मत प्राप्त गरि विजयी भएका छन्।कम्युनिष्टको किल्ला मानिएको २०४९, २०५४ र २०७४ को स्थानीय निर्वाचनमा एमालेले नै जितेको थियो।

धरान उपमहानगरपालिकाको मेयरमा नेकपाका प्रकाश राईलाई पराजित गर्दै तिलक राई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका प्रकाश राईले २३ हजार नौ सय १४ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेबाट जितेका तारा सुब्बाको निधन भए पछि अहिले उपनिर्वाचन भएको हो।

झण्डै तीन दशकपछि धरानमा कांग्रेसले जित हासिल गरेको हो। यसअघिका सबै निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए।

धरान उपमहानगर पर्ने सुनसरी–१ क्षेत्रमा पनि अहिलेसम्म कांग्रेसले संसदीय निर्वाचनमा पनि जित्न सकेको छैन।