अहिलेसम्म नेपालको हातमा चार स्वर्ण

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) को सोमबार पोखरामा सम्पन्न ट्रायथोलन अन्तर्गत महिलातर्फ स्वर्ण पदक विजेता नेपालका सोनी गुरुङ । तस्वीर : कृष्ण दवाडी/रासस

काठमाडौं । तेह्रौं दक्षिण एसियाली खेलकुद सागमा नेपालले चार स्वर्ण पदक जितेको छ । कराँतेमा मण्डेकाजी श्रेष्ठले कराँतेको एकल पुरुष विधामा स्वर्ण जितेर नेपाललाई तेह्रौं सागमा पहिलो स्वर्ण दिलाएका छन् । 

सेमीफाइनलमा पाकिस्तानका नेमतुल्लाहलाई हराएर फाइनलमा पुगेका उनले स्वर्ण पदकको स्पर्धामा पनि पाकिस्तानी खेलाडीलाई पराजित गरेका हुन् । त्यसैगरी कमल श्रेष्ठले नेपाललाई अर्को स्वर्ण पदक दिलाएका छन् ।

श्रेष्ठले भारतका राहुल जैनलाई पराजित गर्दै दोस्रो स्वर्ण दिलाएका हुन् । त्वेकान्दो पुम्से इभेन्ट्समा उनले ८.२७० अङ्क बटुल्दै स्वर्ण पदक जिते । 

नेपाललाई टिम कातामा नेपालले तेस्रो स्वर्ण हात पारेको छ । नेपालकी निर्मला तामाङ, सरु कार्की र संगिता मगरले टिम काँतामा स्वर्ण दिलाएकि हुन् । नेपालले २४.८८ अंक प्राप्त गर्दा पाकिस्तान २३.३ अंकमा सीमित भयो ।

साग गेम अन्तर्गतको ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी छन् । भारत र श्रीलंकाका खेलाडीलाई पछि पार्दै सोनीले स्वर्ण पदक हात पारेकी हुन् । नेपालले स्वर्ण पदक हात पार्दा रजत र कास्य पदक भने भारतले हात पारेको छ । नेपालले अहिलेसम्म चार स्वर्ण पदक आफ्नो पोल्टामा पारिसकेको छ ।


नेपालको पहिलो स्वर्ण पदक काठमाडौँको दशरथ रङ्गशालामा सोमबार आयोजित १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता कराँतेको पुरूष एकल काँतामा विजयी पछि मन्डेकाजी श्रेष्ठ । श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण पदक दिलाएका हुुन्न । तस्वीर : रोशन सापकोटा/रासस

तेह्रौँ दक्षिण एशियाली खेलकूद(साग) को सोमबार पोखरामा सम्पन्न ट्रायथोलन अन्तर्गत महिलातर्फ प्रतिस्पर्धा गर्दै खेलाडी । तस्वीर : कृष्ण दवाडी/रासस