फुटबलमा नेपाल विजयी

तेह्रौ दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रङ्गशालामा भएको फुटलब प्रतियोगितामा नेपाल र भूटान बीच खेल खेल्दै खेलाडी । तस्वीर : रत्न श्रेष्ठ/रासस


काठमाडौँ, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत पुरुष फुटबलमा नेपाल पहिलो खेलमा विजयी भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले भूटानलाई ४–० गोलले हराउँदै सुखद शुरुआत गरेको छ । नेपालका लागि कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक–एक गोल गर्नुभयो । नेपालले मध्यान्तरअघि एक तथा मध्यान्तरपछि तीन गोल गरेको थियो ।

खेलको पाँचौँ मिनेटमा कप्तान सुजलले पहिलो गोल गर्नुभएको थियो । खेलको ५१औँ मिनेटमा सुजलले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । त्यसपछि नेपालका लागि ६६औँ मिनेटमा अभिषेकले तेस्रो तथा खेलको ७८औँ मिनेटमा मिक्छेनले चौथो गोल गर्नुभएको थियो । (रासस)