तेह्रौँ साग : महिला भलिबलमा नेपाललाई रजत

तेह्रौ दक्षिण एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार दशरथ रंगशालास्थित कर्भडहलमा भएको भारत र नेपाल बीचको फाइनल खेलमा नेपालका महिला भलिबल टिम दोस्रो भई रजत पदक जित्न सफल भएका खेलाडीहरु सामुहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त/रासस

काठमाडौँ, १७ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गत महिला भलिबलमा नेपाल भारतसँग पराजित भएपछि रजत पदकमै सिमित भएको छ । नेपाल भारतसँग फाइनलमा ३–२ ले पराजित भएको हो ।

            त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको फाइनलमा नेपालले पहिलो सेट १७–२५ अङ्कले गुमायो । नेपालले लगातार दोस्रो र तेस्रो सेट जित्दै खेल आफ्नो पक्षमा पा¥यो । नेपालले दोस्रो सेट २५–२४ अङ्कले तथा तेस्रो सेट २५–२१ अङ्कले जितेको हो । चौथो सेट नेपालले २०÷२५ अङ्कले गुमायो । अन्तिम सेट एकतर्फी रुपमा भारतलाई सुम्पिए पछि नेपाल इतिहास रच्नबाट चुक्यो । भारतले उक्त सेट १५÷६ अङ्कले जित्यो ।

            नेपालले सागमा महिला भलिबलमा रजत पदक हात पारेको पहिलो पटक हो । यसअघि नेपालले सन् १९९९, २००६ र २०१६ मा कास्य मात्रै जितेको थियो । भारतले आजै सम्पन्न सागअन्तर्गतको पुरुष भलिबलमा पाकिस्तानलाई ३–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो ।

(रासस)