तेह्रौँ साग : ५८ स्वर्णसहित भारत अग्र स्थानमा, नेपाल दोस्रो

तेह्रौ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत बिहीबार सातदोबाटोमा भएको तेक्वान्दो प्रतियोगिता विभिन्न पदक जितेका खेलाडीहरु । तस्वीर : रत्न श्रेष्ठ/रासस


काठमाडौँ, १९ मङ्सिर : तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा भारत पदक तालिकाको अग्र स्थानमा उक्लिएको छ । नेपाल दोस्रो स्थानमा छ ।

भारतले आजसम्म ५८ स्वर्ण, ४१ रजत र १९ कास्यसहित कूल ११८ पदक जितेको छ । नेपालले ३६ स्वर्ण, २६ रजत र ३४ कास्यसहित कूल ९६ पदक प्राप्त गरेको छ । यस्तै श्रीलङ्का १६ स्वर्ण, ३१ रजत र ५२ कास्यसहित तेस्रो, पाकिस्तान १२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, बङ्गलादेश चार स्वर्ण, १० रजत र ४० कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भुटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । नेपालले आज साइक्लिङ, भारोत्तोलन, पौडी, तेक्वान्दो र उसुमा गरी थप सात स्वर्ण पदक जितेको हो । (रासस)

साग पदक तालिका :