पाच बर्ष र पन्ध्र लाख

सरकार अब म बोल्दीन तेरो ’boutमा
यदि म बोल्दा पाच बर्ष कैद
र पन्ध्र लाख जरिवाना तिर्नुपर्छ भने
यदि म पाच बर्ष कैद बस्नु पर्यो भने
पाच बर्ष जेलमा बस्दा मेरो घरको चुल्होले
तिन हजार छ सय बाउन्न छाक भोक पकाउनुपर्छ
मेरी बुढि आमाले एक हजार आठ सय छब्बिस दिन
मेरै बाटो हेरेर बिताउनुपर्छ
मेरी श्रीमतीले
भोकको साटो एक गास पकाउन र
मेरो छोरोलाई मै जस्तो बोल्ने सक्ने बनाउन
आफ्नो शरीर बेच्नुपर्छ
किनकी
सरकार तैले बेरोजगार सिर्जना गर्न मात्र जानेको छस्

सरकार अब म बोल्दिन तेरो ’boutमा
किनकी,
पन्ध्र लाख रुपैया कमाउन मैले
पन्ध्र लाख बोरा गिट्टी कुट्नुपर्छ
पन्ध्र लाख जुठा थाल माझ्नुपर्छ
पन्ध्र लाख मालिकको पन्ध्र लाख गाली खानुपर्छ
मैले पन्ध्र लाख दिनसम्म रगत र पसिना बगाउनु पर्छ
मैले, मैले पन्ध्र लाख दिन श्रम बेच्नुपर्छ
किनकी,
तेरो काम पसिना र रगत चुस्ने मात्र हो

सरकार
साच्चै भन्नुपर्दा
म यसकारण बोल्दिन तेरो ’boutमा
म पाच बर्ष जेल बस्दा
मलाई मै जस्तो
बिभिन्न परिवारको रगत र पसिना
तिन हजार छ सय बाउन्न छाकसम्म खानु छैन
मलाई पन्ध्र लाख कमाउन
मेरो बाउले छोडेको एक रोपनी जग्गा
पन्ध्र लाख पटक बेच्नु छैन
यसकारण म बोल्दिन सरकार तेरो ’boutमा

मैले तलाई भोट
देश सिंगापुर बनाउछु
भन्ने सर्तमा दिएको थिए
तैले त मेरो देशलाई
नेपालनै बनाउन पनि सकिनस्
तर सरकार म बोल्दिन तेरो ’boutमा
किनकी मैले बोल्दा पन्ध्र लाख जरिवाना तिर्दै
पाच बर्ष जेल बस्नु पर्छ भने
अह म बोल्दिन तेरो ’boutमा
म मुख खोल्दिन तेरो ’boutमा
सरकार त ढुक्क बस
अब कोहि बोल्ने छैन तेरो ’boutमा
कसैले मुख खोल्ने छैनन् तेरो ’boutमा

-खड्का जी