कार दुर्घटनामा गायक भट्टराईको निधन


काठमाडौं, पुस २९ : काठमाडौंको तीनकुनेमा कार दुर्घटना हुँदा गायक निशान भट्टराईको निधन भएको छ ।

बा १० च ३०४ नम्बरको कार सोमबार राति बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका भट्टराईको उपचारको क्रममा मङ्गलबार बिहान राष्ट्रिय ट्रमा सेण्टरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दरबारमार्गमा रहेको बानथाई रेस्टुरेण्टबाट फर्कने क्रममा आफैले चलाएको कार सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको थियो । सुनसरी धरान उपमहानगरपालिका १४ का भट्टराई रेस्टुरेन्टमा गजल गायनमा सक्रिय थिए। 

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक गजल गायकीका कारण चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । निशान गायिका लोचन भट्टराईका भाइ हुन् ।