राजनीति नै गर्ने हो भने मसँग आउनुहोस्, म राजनीति गराउँछु, विश्वद्यालय राजनीति गर्ने थलो होइन : प्रधानन्त्री


काठमाडौं विश्वविद्यालय (केयू)मा ताला लगाउने प्राध्यापक र कर्मचारीलाई प्रधानन्त्री केपी ओलीले विश्वविद्यालयमा राजनीति नगर्न चेतावनी दिएका छन् । सोमबार बालुवाटारमा केयूको विशेष सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा राजनीति गर्ने प्राध्यापक नै नहुने बताए ।

‘आन्दोलनकारी प्राध्यापक हुनै सक्दैन,’ प्रधानमन्त्रीले भने, ‘तपाईँहरू राजनीति नै गर्ने हो भने मसँग आउनुहोस् । म राजनीति गराउँछु । विश्वद्यालय राजनीति गर्ने थलो होइन ।

बन्द हडताल गरेर कसैसँग कुनै सम्झौता नहुने प्रधानमन्त्रीले स्पष्ट पारे । चारबुँदे माग राख्दै गत १५ पुसदेखि प्राध्यापक र कर्मचारी संघले काठमाडौं विश्वविद्यालयमा ताला लगाएको छ ।