वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। इन्फेक्सनको समस्या भएपछि उनलाई हिजो राति ८ बजे मनमोहन अस्पतालमा भर्ना भएका शर्माको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। थियो। मनमोहन अस्पतालमा उपचार क्रममा उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। इलाम जिल्लाको फिक्कलमा जन्मिएका शर्माले नेपाल टेलिभिजनमा विश्व घटना नामक कार्यक्रम सुरू गरेका थिए।