सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि
होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो । महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने छन् । एक हजार लिटरको भाडामा फाणो पकाउने तयारीसमेत गरिएको छ ।
सोही अवधिमा धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलनको तयारी तीव्र पारिएको छ । सप्ताहव्यापी विश्व नेपाली साहित्य सम्मेलनमा साहित्यकारको सहभागिता रहने आयोजक सुदूरपश्चिम साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो । सुदूरपश्चिमको कला र संस्कृतिका ’boutमा सबैलाई जानकार गराउन र अन्य ठाउँको कला र संस्कृति’bout जानकारी लिन महोत्सवको आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
महोत्सवमा देशभित्रका २०० बढी साहित्यकारको सहभागिता रहने जनाइएको छ । साथै भारतको सिलगुडी, दार्जिलिङ, सिक्किम, असाम, मेघालय, मणिपुर, भुटान, बर्मा, अमेरिका, बङ्गलादेश लगायतका देशका साहित्यकार आउने बताइएको छ । -रासस