नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलमा

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष स्थानमा पुगेका छन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।

उनी शीर्ष २० भित्र परेका छन् ।

२० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।

१८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी परी र लाइनल रिची रहेका छन् ।

Luke Bryan Asks Arthur Gunn to Open For Him in Detroit – American Idol 2020

He really is "di-besh."

Posted by American Idol on Sunday, February 16, 2020