चीनबाट आएका १७५ जनामै कोरोनाभाइरस भेटिएन
काठमाडौं । चीनबाट उद्धार गरी ल्याइएका १७५ जना नेपालीमा कोरोनाभाइरस (कोभिड–१९) नभेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले पत्रकार सम्मेलन गरी यो जानकारी गराएका हुन् “राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवल कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा २०१९ नोवल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको जानकारी गराइन्छ,”उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसले नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालय ज्यादै खुसी भएको विज्ञप्तिमा उल्लेख छ ।
“अब, क्वारेन्टाइनमा बसेको १४ औं दिनपछि पनि पुनः प्रत्येक व्यक्तिको नाक र घाँटीभित्रको स्वावको नमुना संकलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ल्याएर परीक्षणसमेत हुने जानकारी गराइन्छ,” विज्ञप्तिमा भनिएको छ ।बाह्रखरी