नाइजेरियामा सिपाहीले आफ्नै चार सहकर्मीको हत्या गरे

लेगोस, १५ फागुन : नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।
नाइजेरियाली सेनाले जारी गरेको विज्ञप्तिमा हिंसाग्रस्त बोर्नो प्रान्तमा सेवारत उनले चलाएको बन्दुकबाट अरु दुई जना घाइते भएको उल्लेख छ । सैनिक प्रवक्ता सागिर मुसाले घाइतेहरुको बोर्नोको राजधानी माइदीगुरी सैनिक अस्पतालमा उपचार भइरहेको र उनीहरुको अवस्थामा सामान्य रहेको बताउनुभयो ।
उक्त घटनाका ’boutमा सेनाले छानबिन शुरु गरेको पनि प्रवक्ता मुसाले बताउनुभयो ।(रासस/सिन्ह्वा)