कोरोना प्रभावित देशबाट सिक्नुपर्ने १० पाठ

काठमाडौं, फागुन २३ : गत डिसेम्बरको अन्तिमदेखि चीनबाट सुरू भएको कोरोना भाइरस हाल विश्वभर महामारीको रुपमा फैलिएको छ। हालसम्म विश्वका ९७ हजारभन्दा बढी मानिस कोरोना भाइसरबाट संक्रमित छन् भने तीन हजार तीन सय ८३ जनाको मृत्यु भएको छ।

सुरूमा चीनमा यसको व्यापक प्रकोप देखिएपनि विगत दुई हप्तादेखि युरोप, मध्यपूर्व र अमेरीका मात्र नभई अफ्रिका र ल्याटिन अमेरीकामासमेत यसको प्रकोप देखिन थालेको छ। चीन, जापान, दक्षिण कोरिया, सिंगापुर, इटाली, इरानलगायतका देश कोरोना भाइरससँग जुधिरहेका छन्। उनीहरू थप संक्रमण हुन नदिने र संक्रमितको राम्रोसँग उपचारमा ध्यान दिएका छन्।

ति कोरोना भाइरस प्रभावित देशबाट सिक्नुपर्ने १० पाठ यस्ता छन् :

१) जनतासँग पारदर्शी हुनुहोस्

सरकारको पारदर्शिता र सार्वजनिक रूपमा पहुँच योग्य जानकारीले नागरिकलाई जोखिम र आवश्यक सावधानीका उपाय’bout सिकाउन मद्दत गर्छ। साथै त्रास वा गलत सूचनाबाट बच्न सर्वसाधारणलाई मद्दत पुर्‍याउँछ।

उदाहरणका लागि सिंगापुरले कोरोना भाइरस अपडेटको रुपमा कति वटा नयाँ विरामी पुष्टि भए, कति उपचारपछि घर फर्किएलगायतका सूचनाहरु दैनिक रुपमा प्रवाह गरिरहेको हुन्छ।

२) भिडभाडमा जानु हुँदैन

कोरोना भाइरस फैलने मुख्य स्रोत भनेकै मानिस एकअर्काको सम्पर्कमा आउनु नै हो। तसर्थ कुनै पनि व्यक्तिले आफूलाई अरुको शारीरसँग सम्पर्क हुनबाट जोगाउनु पर्छ भने सभा, सम्मेलनजस्ता भिडभाडयुक्त कार्यक्रमहरुलाई बेवास्ता गर्न जरुरी छ।

३) अग्रिम रुपमा तयारी गर्न जरुरी

डिसेम्बरमा सुरू भएको कोरोना भाइरसको प्रकोप सन् २०२० को जनवरीसम्म आइपुग्दा चीनका अधिकारीहरुले सुरक्षाका उपायहरु अपनाउन थालिसकेका थिए। विभिन्न देशहरूले क्वारेन्टाइन केन्द्रहरू स्थापना गर्ने, थप मेडिकल आपूर्तिहरूको व्यवस्था गर्ने, अन्य विभागीय सरकारको आपतकालीन प्रतिक्रिया समितिहरू गठन गर्ने लगायतको तयारी थालेका थिए। जसले उनीहरूलाई कोरोना भाइरससँग लड्न केही सहज भएको छ।

४) समयमै स्वास्थ्य जाँच गराउनुपर्छ

कुनै पनि व्यक्तिले समय–समयमा स्वास्थ्य जाँच गराउनु जरुरी हुन्छ। कोरोना भाइरसको प्रकोप फैरिहेको समयमा स्वास्थ्यप्रति अझ बढी सजगता अपनाउनुपर्छ। सरकारले पनि प्रारम्भिक परीक्षणलाई प्रोत्साहित गर्न र स्थानीय जिल्लाहरूमा परीक्षण उपलब्ध गराउनु पर्छ। जसको कारण कोरोना भाइरस आगमनको पहिचान छिटो गर्न र गराउन सकिन्छ।

५) स्वच्छताको अभ्यासमा बढी ध्यान दिने

कोरोना भाइरसलाई आफ्नो शरीरमा प्रवेश गर्न नदिन स्वच्छताको अभ्यासहरु गर्न जरुरी छ। कम्तिमा २० सेकेन्डसम्म साबुन पानीले आफ्नो हात धुने, आँखा र मुखलाई निरन्तर हातले नछुने, शंकास्पद साधनहरूसँग सतर्क हुनेलगायतका कार्यहरुले केही हदसम्म कोरोना संक्रमणबाट जोनि सकिन्छ।
 

६) कर्मचारीलाई सहज रुपमा काम गर्ने वातावरण मिलाउनुपर्छ

चीनलगायत कोरोना भाइरस फैलिएको देशहरूमा लाखौं मानिसहरु एक महिनाभन्दा बढी समयदेखि घरबाटै काम गरिरहेका छन्। उनीहरु आफूलाई सहज हुने तरीका वा भनौँ सहज काम गरिरहेका छन्। केही कम्पनीहरूले भने सबै अनावश्यक कर्मचारीहरूलाई घर पठाएका छन्।

७) आत्तिएर आवश्यकभन्दा बढी मात्रामा सामान खरिद नगरौँ

कोरोना भाइरसको जोखिमका कारण सिमानाका बन्द गर्न थालिएसँगै मानिसमा आवश्यक सामाग्रीको सटेज हुने त्रास बढेको छ। जसका कारण सामानहरुको कालो बजारी पनि मौलाएको छ।

तसर्थ मानिसहरुले आवश्यक मात्राभन्दा बढी खरिद नगरी सामान्य रुपमा नै सामानहरु खरिद गर्ने हो भने सामान सटेज हुने क्रम घटेर केही हदसम्म सबैलाई राहत पुग्नसक्छ।

८) आफ्नो घरपालुवा जनावरसँग नडराउँ

गतहप्ता हङकङको एक कुकुरमा गरिएको कोरोना भाइरसको सफल परीक्षणपछि घरपालुवा जनावरले घरका अन्य सदस्यमा कोरोनाको संक्रमण फैलाउँदैन भन्ने पुष्टि भएको छ। कुकुर वा बिरालोजस्ता घरपालुवा जनावरबाट कोरोना भाइरस नसर्ने विज्ञहरू बताउँछन्।

९) ‘संक्रमित हुँ’ भन्न लाज नमान्नुस्

कोरोना भाइरसको प्रकोप बढेसँगै यसबाट संक्रमित व्यक्तिहरुलाई समाजले हेर्ने दृष्टिकोण पनि फरक भएको छ। कतिपय ठाउँहरुमा पीडितलाई हेय, गाली, वेईजती पनि सहनु परेको छ। तर, चिकित्सकहरुले भने यस्तो व्यवहार नगर्न सबैलाई आग्रह गरेको छ।

’cause कतिपय अवस्थामा मानिसहरु कोरोना भाइरसको संक्रमण भएको बताउन वा खुलाउन लाज मान्ने गर्दछन्। जसका कारण उपचारमा समस्या आउने हुँदा सबैले यसतर्फ ध्यान दिन जरुरी छ।

१०) आत्तिनु पर्दैन

कोरोना भाइरसको प्रकोप विश्वव्यापी फैलिएसँगै जनमानसमा यसको अत्याधिक त्रास फैलिएको छ। तथ्याङकअनुसार, हालसम्म संक्रमित संख्यामध्ये २ प्रतिशत मानिसको मात्र कोरोना भाइरसको कारण मृत्यु भएको छ। जुन सार्सको तुलनामा निकै कम हो।

तसर्थ रुघाखोकी र ज्वरोलगायतका लक्षणहरु आफै निको हुने प्रकृतिका भएकाले आत्तिनु पर्दैन्। उपचार गरेपछि केही दिनमै निको भएर घर फर्किन सकिन्छ। – काठमाडौँ प्रेस