निचोर, कति सक्छौ

कर छुटमा लिएका एच सि सि नम्बर र नीलो प्लेट भएका गाडी अवैतनिक वाणिज्यदूतका गाडी विहान बच्चालाई स्कूल छोडिररहेका छन, बेलुका श्रीमतिलाई रेस्टुराँ। अधिकाँश एनजिओले चलाएका फोर व्हील गाडी निजी नम्बर प्लेटकै छन। ति धनीमानीका हुनाले वैध, टूटल निजी बाइकबाट तेलको खर्च उठाउने गरीवको भएकाले अवैध? न सरकारी हाकिम ट्याक्सी चढ्छन, न माइक्रो वस र बसको सास्ती व्यहोर्छन । न यि अर्थशास्त्रीले त्यो दुःख कष्ट झेल्छन। तिनलाई टूटल अर्थतन्त्रवारे के थाहा?

सबैले कमलो चिजलाई नै निचोर्ने हो । कसैले ओखर निचोरेर रस निकालेको देख्नु भाको छ? कागती ओखर जस्तो हुँदो हो त एउटा बिजुलो सहित नरहने गरी निचोरिन्नथ्यो। सरकारले पनि त्यही कमलोलाई निचोर्छ। कमलो ठान्छ तलबी निम्न मध्यम वर्ग र साना व्यापारीलाई र एउटा बिजुलो समेत न रहने गरी निचोर्छ ।

खुब अर्थतन्त्र बुझेको फुइँ छाँट्छन अर्थशास्त्रका बुज्रुकहरू र लेख्छन नामका अगाडी डा.। सबै प्रधानमन्म्त्रीको रोजाई डा. भएका छन, यो जनता निचोर्ने मेशिन चलाउन जसरी आन्द्रा, पित्त, आमाशय निचोर्न डा. नै चाहिन्छ।

“उब्जनी बढाउन भ्यागुताको महत्व” विषयमा विद्यावारिधी गरेको भए पनि मिडिया भेट्नासाथ खोक्न थाल्छन आर्थिक बृद्धि यति प्रतिशत बढ्ने, प्रतिव्यक्ति आय यति रुपियाँले बढ्ने । अहिलेको सरकारकै पालामा नियुक्ति पाउने भए दुबै बढ्छन, अर्को सरकारका पालामा नियुक्ती पाउन आधार तयार गरेको हो भने यि दुबै घट्छन, प्रक्षेपण यस्तै हुन्छ।

मलाई तिनका अङ्कले केही फरक परेको छैन । बच्चा पाल्न पोहोर १२ घण्टा काम गरे पुग्थ्यो, अहिले १७ घण्टा काम गर्दा पनि आम्दानी महिना-वारी नै हुन्छ, पारी पुग्दैन। थाहा छैन त्यो “ग्रोथ” मसङ्ग कसरी जोडिन्छ । म पाँच-पाँच पैसा हिसाब गरेर कर तिर्छु । निम्न मध्यम वर्गीय तलवी-ज्यालादार हुँ। मेरा कतिपय साथी अझै यो कर तिर्न पुग्ने तलव नभएकै कोटीमा छन। महिनामा रु ३७,५०० तलब हुनु पर्छ १ प्रतिशत भन्दा बढि कर तिर्न त। शाखा अधिकॄतको त मासिक तलब ३५ हजार ९९० मात्रै छ। उप-सचिव नभै कर तिर्न समेत नपाइने अवस्था छ। उप सचिव भए पछि ४०,३८० हुन्छ । १३ महिनाको तलव थाप्दा करीव ७५ हजार उब्रिन्छ त्यसको १० प्रतिशतका दरले उनले ७,५०० रुपियाँ खुरुक्क तिर्छन, १२ किस्तामा, अर्थात महिना को ६५०का दरले।

जसले तलब नै खाँदैनन वा तलब कति आउँछ मतलब नै राख्दैनन तिनको चाहिँ अलग कथा छ। मेरा केही साथी त्यो कोटीका पनि छन। सम्पत्ति छ तर कर तिर्न अप्ठेरो छ । अर्थात कुनै करयोग्य वा वैध छैन । जो मैले माथि उल्लेख गरेका डाक्टरका वरिपरि बिहान-बेलुका घुम्छन तिनको ठूलो सङ्ख्या यसै कोटीको छ। अर्थतन्त्र खुब बुझेको गफ छाँट्छन हाम्रा डाक्टर साबहरू तर तिनमा ति वरिपरि घुम्नेलाई बुझ्ने क्षमता समेत छैन । कति श्रम गरेर कति कमाउँदा कति कर तिर्ने भन्ने त कहीँ कतै पढाई हुँदो हो नि? मैले नबुझेको कुरा चाहिँ हेर्नुसः

१. १० लाख आनाको खोला छेऊको जग्गा उधारोमा लिएर ३ आना जग्गामा ५५लाख खर्चेर बनाएको एउटा घर २ करोड पच्चिस लाखमा बेच्नेको नाफा कति होला? कर कति तिर्ला? थाहा छ? (२९५० प्रति वर्गफिटका दरले १७ सय वर्गफिटको हिसाब गर्नुस न ५० लाख १५ हजार हुन्छ, जग्गाको ३० लाख र निर्माण खर्च ५०लाख जोड्दा लागत निस्किन्छ)

२. अर्काको जग्गा अर्कैलाई बेच्न ग्राहक खोजिदिने एउटा दलालले १ करोडको कारोबार भयो भने कम्तिमा ३ लाख कमाउँछ, कर कति तिर्छ थाहा छ?

३. ५ लाख ६० हजार भारूको गाडी भारतबाट ल्याएर ३४ लाखमा बेच्नेले कति नाफा खान्छ, कर कति तिर्छ थाहा छ?

४. निक्षेप जम्मा गर्नेलाई २.९% व्याज दिएर ऋणीलाई १४% लिने बैङ्कले कति नाफा खान्छ? कति कर तिर्छ? थाहा छ? उल्टै ऋण दिँदा २% सर्भिस चार्ज समेत घटाउँछ, जागीर खाए बापत तलब र काम गरे बापत घुस खानीहरूको जस्तो । अझ सहकारी, लघुवित्तको व्याज दर कति छ, थाहा छ?

५. र यो भन्दा ठूलो कुरा, कुनै शक्तिशाली मान्छेको मान्छे हुँ भनेर कसैको नहुने काम गराईदिने बिचौलियाले कति कमाउँछ, थाहा छ? (ठेक्काको ३० प्रतिशत रकम त ठेकेदारले बटवारा लगाएर घर घरै नगदै पुर्याइ दिन्छन । यो त ओपन सेक्रेट क्रा हो। कमिशनलाई नियमित गरेर करको दायरामा ल्याउन सक्नु हुन्छ?

६. झोलामा हालेको हाइड्रो पावरको लाइसेन्स मात्रै अर्कोलाई बेच्नेले कति कमाउँछ, थाहा छ? कसले लाइसेन्स लियो र कसले विकास गर्यो कुनै अभिलेख छ?

७. राष्ट्रिय गौरवका आयोजनाका लागि भन्दै खोलो उधिन्ने अनुमति पाउनेले गौरवका आयोजनामा कति गिट्टि झार्छ, बाहिर कति झार्छ, थाहा छ? ३५ रुपियाँका दरले त्यस्ता आयोजनामा झार्ने गरी निकालेको गिट्टि बाहिर ७५ रुपियाँको दरले बेच्दा कति नाफा आउँछ, थाहा छ? त्यसबाट कति कर आउँछ थाहा छ?

देशको आधा भन्दा बढि अर्थतन्त्र यसैगरी चलेको छ। तिनको ’bout शून्य ज्ञान होला, म कसरी तपाइँलाई अर्थशास्त्री मानौँ? तपाइँले सुझाउने नीतिलाई म कसरी समर्थन गरौँ । मेरो सोझो दिमागले यिनले देखेको हरेक चिजलाई उल्टो देख्छ। यिनले ट्याक्सी ल्याउन कर छुट दिन्छन, म कारको भन्दा दोब्बर लिनु पर्छ भन्छु। मैले भेतेका १० ट्याक्सीमा ७ वटा मिटरमा जाँदैनन, ३ वटा जान्छन तर मिलाएर दिनु है भन्छन। दुइ-तीन किलोमिटर टाढा जानु छ भने जाँदैनन । यिनले टुटल, पठाओलाई शत्रु ठान्छन, म मित्र। आधा कर तिरेर ल्याएको गाडीले उपभोक्तालाई कसेर पैसो लिन्छ, २४० प्रतिशत कर तिरेर ल्याएकोले केही रकम उठाउँछ भने मेरो टाउको दुख्दैन।

अर्को प्रयोजनका लागि आयात भएको बाहन रे। कर छुटमा लिएका एच सि सि नम्बर र नीलो प्लेट भएका गाडी अवैतनिक वाणिज्यदूतका गाडी विहान बच्चालाई स्कूल छोडिररहेका छन, बेलुका श्रीमतिलाई रेस्टुराँ। अधिकाँश एनजिओले चलाएका फोर व्हील गाडी निजी नम्बर प्लेटकै छन। ति धनीमानीका हुनाले वैध, टूटल निजी बाइकबाट तेलको खर्च उठाउने गरीवको भएकाले अवैध?
न सरकारी हाकिम ट्याक्सी चढ्छन, न माइक्रो वस र बसको सास्ती व्यहोर्छन । न यि अर्थशास्त्रीले त्यो दुःख कष्ट झेल्छन। तिनलाई टूटल अर्थतन्त्रवारे के थाहा?

पहाड पाखो पूरै बाँझै छ। काम गर्ने मान्छे रेमिट्यान्स तिर गाका छन। यि अर्थशास्त्रीको पढाइले भन्दो हो जमीन बाँझो छोड्नेलाई कर लगाऊ र बाँझो छोड्न निरुत्साहित गर । कृषि प्रवर्द्धन गर्न यिनको पढाइले ठूल्ठूला कृषि फार्म खोल्नेलाई करोडका करोड अनुदान देऊ भन्छ होला । मेरो ब्रह्मले त्यसलाई अनैतिक काम ठान्छ।

यस्तै हो, समाजवादी भनाउँदा अर्थशास्त्री समेत अहिले यस्तै उल्टो काममा निर्लिप्त छन। सत्ता-सुविधाभोगी र बञ्चितहरूको बीचको खाडल यसरी बढाउँदैछन कि अर्को क्रान्ति कसका बिरुद्ध कस्ले गर्छ भन्नेकुरामा ठूलै अन्योल सिर्जना गर्दिएका छन।

यिनको एउटै मफसत देखिन्छ, निचोर्न सक्नेलाई नछोड, नसक्नेलाई नछोऊ।