काँग्रेसका छ विधानसभा सदस्यको राजीनामा स्वीकृत

भोपाल, २ चैत : भारतको मध्यप्रदेश राज्यका सभामुख नर्मदाप्रसाद प्रजापतीले विधानसभाका छजना सांसदको राजीनामा स्वीकृत गर्नु भएको छ । उनीहरु सबै भारतीय राष्ट्रिय काँग्रेसका हुन् ।

काँग्रेसका इमर्ती देवी, तुल्सी सिलावात, प्रधुमन सिंह टोमर, महेन्द्रसिंह सिसोदिया, गोविन्द सिंह राजपूत, र प्रभूराम चौधरीले पार्टी परित्याग गरेपछि काँग्रेसको अनुरोधमा उनीहरुको राजीनामा स्वीकृत भएको हो ।

उनीहरुलाई केही समय अगाडि राज्य सरकारको मन्त्रिपरिषद्बाट हटाइएको थियो ।

काँग्रेसका अन्य २२ जना विधायकले पनि पार्टीबाट राजीनामा दिइएको घोषणा गरेका छन् ।

ती सांसदहरुको घोषणासँगै मुख्यमन्त्री कमलनाथ नेतृत्वको प्रदेश सरकार सङ्कटमा परेको छ । (रासस/एएनआई)