अमेरिकी उपराष्ट्रपतिमा कोरोना संक्रमण देखिएन

वासिङ्टन, ९ चैत : अमेरिकी उपराष्ट्रपति माइक पेन्स र उहाँकी पत्नीलाई कोरोनाभाइरस संक्रमण नदेखिएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपतिका प्रेस सचिव क्याटी मिल्लरले ट्वीट गर्दै उपराष्ट्रपति पेन्स र उहाँकी पत्नी कारेन पेन्स दुबैको स्वास्थ्य परीक्षण गर्दा कोविड–१९ को संक्रमण नदेखिएको जानकारी दिनु भएको छ ।

यसअघि उपराष्ट्रपति पेन्सले आफ्नो कार्यालयमा कार्यरत एक कर्मचारीमा भाइरसको संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गर्ने बताउनु भएको थियो । (रासस:एएफपी)