फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली युवतीमा कोरोना भेटियाे, टेकुमा उपचार हुँदै
काठमाडौँ, १० चैत: फ्रान्सबाट कतार हुँदै शुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरि कोरोना भाइरसको संक्रमणको अवस्था’bout जानकारी दिएका छन्। उनले एक जनामा संक्रमण देखिएको बताएका छन्। उनी चैत ४ गते फ्रान्सबाट आएकाे जनाएकाे छ।
शंका लागेपछि अस्पताल भर्ना भएकी उनलाई आइतबार संक्रमण भएको पुष्टि भएको हो। सोमबार जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्यमन्त्री ढकालले बताए।
उनकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा उपचार भइरहेको छ। उनको सम्पर्कमा आएका व्यक्तिलाई निगरानीमा राखिएको मन्त्री ढकालले बताए।
फ्रान्समा अध्ययनरत उनी होम क्वारेन्टाईनमा बसेकी थिइन। कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको छ। उनका परिवारलाई पनि क्वारेन्टाइनमा राखिएको छ।
यसअघि पनि नेपालमा एक जनालाई कोरोना पोजेटिभ देखिएको थियो। उनको उपचार गरेर निकाे भइसकेका छन्। नेपालमा कोरोनाको यो दोस्रो संक्रमण हो। रासस