देश मंगलबारदेखि पूर्णरुपमा लक डाउन, घर बाहिर निस्कन पनि नपाइने
सरकारले देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि (मंगलबार) देखि देशलाई पूर्णरुपमा लक डाउन गर्ने निर्णय गरेको हो।
बैठकले मंगलबारदेखि एक साताका लागि कसैलाई पनि घर बाहिर निस्किन र सवारी पनि चल्न नदिने निर्णय गरेको अर्थ एवं सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।