नेपाल आजदेखि पूर्णरुपमा लक डाउन
काठमाडौं, चेत्र ११ : सरकारले आज चैत्र ११ गते बिहान ६ बजे देखि पूरै नेपाल लकडाउन गरेको छ ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिको हिजोको बैठकले आज बिहान ६ बजेदेखि देशैभरिका नागरिकलाई घरबाहिर निस्कन नदिने र विशेष पास भएका बाहेक अरु कुनै पनि गाडी र जहाज चल्न नदिने निर्णय अनुसार बिहानैदेखि लकडाउन सुरु भएको हो ।
आजदेखि आगामी चैत्र १८ गतेसम्मका लागि नेपाल लकडाउन भएको हो । सरकारले कुनै पनि बहानामा घरबाहिर ननिस्कन र गाडी नचलाउन निर्देशन दिएको छ । सरकारको निर्देशन अनुसार केहीबेरमा देशैभरि प्रहरी पनि परिचालनको तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
सुरक्षा निकाय र एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेहरुको लागि विशेष पास लिएका गाडी भने चल्न पाउनेछन् । यस्तै अत्यावश्यक सेवा बाहेक कर्मचारीलाई पनि घरमै बस्न भनिएको छ ।
लक डाउनमा के गर्न पाइन्छ, के पाइन्न ?
- काठमाडौँ प्रेस