कहिले अन्त्य होला कोरोना भाइरसको महामारी?


संसार बन्द भइरहेको छ। दैनिक भीडभाड हुने स्थल सुनसान हुन थालेका छन्। विद्यालय बन्द, लक डाउन जीवन बन्देजमा बितिरहेको छ। यात्रामा बन्देज, भेला हुन बन्देज।

एउटा रोगलाई विश्वले दिएको यस्तो प्रतिक्रिया अभूतपूर्व छ। तर यो कहिले अन्त्य होला ? जीवन कहिले सामान्यमा फर्किएला ?

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आउने १२ सातामा ठूलै प्रगति हुने विश्वास व्यक्त गरेका छन्। तर आउने तीन महिनासम्म पनि संक्रमितहरू घट्दै गए अझै धेरै समस्या बाँकी नै हुनेछन्। यो विश्वव्यापी प्रभावबाट उम्किन वर्षौं लाग्नसक्छ।

समाजको ठूलो भागलाई बन्द गर्ने अहिलेको रणनीति दिगो समाधान नभएको प्रष्ट छ। सामाजिक र आर्थिक क्षति विध्वंसात्मक हुनसक्छ।  हामीलाई “एक्जिट स्ट्राटजी” आवश्यक छ   बन्देज/निषेध हटाउने र सामान्य जीवनमा फर्किने।

तर, कोरोनाभाइरस हराउनेवाला छैन। भाइरस रोकथाम गरिरहेको बन्देज/निषेध हटाए संक्रमण अझ बढ्नेछ।

“एक्जिट स्ट्राटजी के हो र यो समस्याबाट कसरी पार पाउने, ठूलो समस्या छ,” एडिनबरा विश्वविद्यालयका प्राध्यापक मार्क वुलहाउसले भने,“संयुक्त अधिराज्यमा मात्रै नभएर कुनै देशसँग पनि एक्जिट स्ट्राटजी छैन।”

यो एउटा विशाल वैज्ञानिक र सामाजिक चुनौती हो।

यो समस्याबाट पार पाउने तीन उपाय छन्।
–    खोप
–    संक्रमणमार्फत पर्याप्त मानिसले रोग प्रतिरोधात्मक क्षमता विकास गर्नेछन्
–    वा हाम्रो व्यवहार/समाज स्थायी रूपमा परिवर्तन हुने।
प्रत्येक उपायले भाइरस फैलिने क्षमता घटाउने छ।

खोप १२-१८ महिनामा तयार हुने

खोपले व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। “हर्ड इम्युनिटी” अवधारणा अनुसार जनसंख्याको ६० प्रतिशतलाई खोप लगाए भाइरसले महामारीको रूप लिँदैन। 

अनुसन्धातालाई पहिले पशुमा परीक्षण गर्ने नियमित नियमबाट छुट दिइएपछि अमेरिकामा यो साता पहिलो व्यक्तिलाई परीक्षणका लागि खोप दिइयो। खोप अनुसन्धान अभूतपूर्व गतिमा अघि बढिरहेको छ। तर सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन। यसका साथै खोप लगाउने काम पनि विश्वव्यापी रूपमा गर्नुपर्ने हुन्छ।

सबै कुरा सही भए धेरैले १२ देखि १८ महिनामा खोप उपलब्ध हुने अनुमान गरेका छन्। यो प्रतिक्षाको लामो समय हो।

“खोपको प्रतिक्षालाई रणनीति भन्न मिल्दैन,” प्राध्यापक वुलहाउसले भने।

प्राकृतिक रोग प्रतिरोधात्मक क्षमता : कम्तिमा दुई वर्ष टाढा

अस्पतालको चाप नबढाउनु संयुक्त अधिराज्यको अल्पकालीन रणनीति हो। सघन उपचार सेवा उपलब्ध नहुँदा मृत्युको घटना पनि बढ्छ। संक्रमण नियन्त्रणमा आए केही नियम खुकुलो पनि होलान्। तर फेरि बढे अर्को चरणको निषेध लगाउनुपर्ने हुनसक्छ।

यस्तो कहिले होला, निश्चित छैन। संयुक्त अधिराज्यका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सले भने,“समयसीमा ठ्याक्कै तोक्नु सम्भव छैन।”
यसो गर्दा धेरैभन्दा धेरै संक्रमित भइरहेको बेला धेरैको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

तर यसो हुनलाई वर्षौं लाग्न सक्ने इम्पिरियल कलेज लन्डनका प्राध्यापक निल फर्गुसनले बताए। “हामी रोगको संक्रमण यसरी नियन्त्रण गर्ने कुरा गरिरहेका छौं। जहाँ देशको एउटा सानो भाग मात्रै संक्रमित हुनेछ। त्यसैले सुरूमा दुई वर्षभन्दा धेरै समय यसले निरन्तरता पाए पनि, देशमा पर्याप्त जनसंख्या संक्रमित हुनसक्छ जसले सामुदायिक सुरक्षा दिनसक्छन्,’ भ्यालेन्सले भने। 

तर अर्को प्रश्न छ- यो रोग प्रतिरोधात्मक क्षमता कायम होला? सामान्य रूघाखोकी निम्त्याउने अन्य कोरोना भाइरसले रोग प्रतिरोधी क्षमता कमजोर बनाउनेछ र व्यक्तिलाई एउटै संक्रमण जीवनभरि पटक पटक हुनेछ।

विकल्प : ठ्याक्कै छैन

“तेस्रो विकल्प हाम्रो व्यवहारको स्थायी परिवर्तन हो। यसले रोग सर्ने दर एकदमै तल राख्नेछ,” प्राध्यापक वुलहाउसले भने।

यसमा अहिलेकै केहि उपायलाई निरन्तरता दिने पनि हुनसक्छ। अविराम परीक्षण र बिरामीलाई “आइसोलेसन” मा राख्ने पनि हुनसक्छ।

“रोग पहिचान गर्ने र सम्पर्क पहिल्याउने काम पहिलो पटक हामीले गर्यौंर तर त्यसले काम गरेन,” प्राध्यापक वुलहाउसले भने,’कोभिड १९ निको पार्ने औषधीले अन्य रणनीतिलाई पनि सहयोग पुर्या्उन सक्छ।’

त्यसलाई “ट्रान्समिसन कन्ट्रोल“ भनिने अर्को प्रक्रियामा प्रयोग गर्न सकिन्छ। यसबाट अर्को व्यक्तिलाई संक्रमण हुनबाट बचाउन सकिन्छ। नभए अस्पतालमा भएका बिरामीलाई कम खतरनाक रोगबाट बचाउन सकिन्छ।

सघन उपचारको तनाव कम गर्न सकिन्छ। यसले देशहरूलाई “लकडाउन” फेरि गर्नबाट अर्को विकल्प दिनेछ।बीबीसी