कोरोना विशेष अस्पतालमा उपचाररत ३० वर्षीय युवकको मृत्यु, कोरोना संक्रमण भएको हो होइन रिपोर्ट आउन बाँकी
काठमाडौं, चैत ११ : भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको छ। भरतपुर मेडिकल अस्पतालमा उपचार गराइरहेका उनलाई केही दिन अघि मात्रै कोरोना विशेष अस्पतालमा लगिएको थियो।
वीरगञ्जका ३० वर्षीय युवालाई ज्वरो र रुघाखोकीको समस्या देखिएपछि मेडिकल कलेजले कोरोना विषेश अस्पताल रेफर गरेको थियो।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार उनी डेढ/दुई वर्ष अघिदेखि नै बिरामी हुन्।
उनको स्वावको नमुना परीक्षणका लागि पठाइएको छ। उनलाई कोरोना संक्रमण भएको हो होइन भन्ने’bout रिपोर्ट आउन बाँकी रहेको शर्माले जानकारी दिए।काठमाडौँ प्रेस