कोरोना’bout भ्रम फैलाउने धर्मगुरु पक्राउ
चिप्लेढुङ्गा, ११ चैत : कोरोनाको महामारी फैलिरहेका बेला पोखरामा धर्मका नामका भाइरस’bout भ्रम फैलाउने एक धर्मगुरुलाई आज कास्की प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भएका २९ वर्षीय केशवराज आचार्यलाई इसाई धर्मको प्रचार गरी येशुका अनुयायीलाई कोरोना सङ्क्रमण हुँदैन भन्दै भ्रामक प्रचार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख दानबहादुर कार्कीले लामो समयदेखि पोखरामा बस्दै आचार्यले इसाई धर्मका नाममा कोरोना’bout भ्रम फैलाएको बताउनु भयो । आचार्यले केही दिनअघि पोखरा आसपासका सुकुम्बासी बस्तीमा पुगेर “कोरोना मरिजा येशुको नाममा” भनी बनाएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो । विपद्का बेला अनेक प्रचारबाजी हुने भएकाले संयम अपनाएर घरभित्रै बस्न र भ्रामक कुराको पछि नलाग्न कास्की प्रहरीले सबैमा आग्रह गरेको छ । (रासस)