काँग्रेसद्वारा कोरोना भाइरसको जोखिम नियन्त्रणमा ५० लाख सहयोग

काठमाडौँ, ११ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाममा रु ५० लाख सहयोग गर्ने भएको छ ।
नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’मा पार्टीका तर्फबाट एकमुष्ट रु ५० लाख जम्मा गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । काँग्रेसका सङ्घीय सांसदले यसअघि १५ दिनको तलब बराबरको रकम उक्त कोषमा सहयोग गर्ने निर्णय गरिसकेका छन् । (रासस)