प्रधानमन्त्री ओली अस्पताल भर्ना


काठमाडौं, चैत्र १४ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल भर्ना गरिएको छ ।

बिहीबार रातिदेखि शरीरमा असहज महसुस भएकाले प्रधानमन्त्रीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको बताईएको छ ।

प्रधानमन्त्रीको मुटुको चालमा केही तलमाथि देखिएको भए पनि अहिले बिहानसम्म स्थिति सामान्य बनिसकेको जनाईएको छ ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किएका थिए।