नेपाल एअरलाइन्सको वाई -१२ जहाज नेपालगंजमा दुर्घटना
कोरोना भाइरसको सम्भावित संक्रमितको नमुना लिन काठमान्डौबाट नेपालगंज गएको नेपाल एअरलाइन्सको वाई -१२ चाइनिज जहाज धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ। चारवटा निजी कम्पनिको जहाजहरु नेपालगंजमा हुँदाहुँदै वाई-१२ जहाज काठमाण्डौबाट नै पठाउनु पर्ने कारण थाहा हुन सकेको छैन। हेर्नुस तस्विर
शनिबार मध्यान्ह राँझा विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको वाइ-१२ विमान दुर्घटनामा परेको हो। कोरोना भाइरसको सम्भावित संक्रमितको नमूना लिन गएको उक्त विमान अवतरणका क्रममा चिप्लिएर धावनमार्गबाट घाँसे मैदानमा पुगेको थियो।
विमान चिप्लिएर घाँसे मैदानमा गएर रोकिएकाले कुनै मानवीय क्षति भने हुन नपाएको राँझा विमानस्थलमा कार्यरत एक कर्मचारीले जानकारी दिए।
‘तीव्र हावा चलेको र विमानमा पनि केही समस्या आएकाले धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेकाे हो,’उनले भने,’ घाँसे मैदानमा गएर रोकिएकाले कुनै क्षति हुन पाएन।’
उनका अनुसार विमान काठमाडाैंबाट मेडिकल सामग्री लिएर आएको थियो। सरकारले कोरोना परीक्षणका लागि संकलित नमूना लिन नेपालगजञ्जसहित केही ठाउँमा विमान पठाएको छ।