सरकारले थप ८ दिन लकडाउन गर्ने

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले थप ८ दिन लकडाउन बढाउने निर्णय गरेको छ । 

उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव निर्णय पठाएको थियो।

यसअघि कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साताकोलागि गरेको लकडाउन चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ ।

सरकारले कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै लकडाउन लम्ब्याउने निर्णय लिएको हो । देशमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।