दिवेश पोखरेल अमेरिकन आइडलको टप २० मा ( भिडियो )
अमेरिकन आइडलमा सुरुदेखि नै जज र फ्यानको मन जितिरहेका नेपाली युवा दिवेश पोखरेल शोको टप २० मा पुगेका छन् । स्टेज नाम आर्थर गनबाट चिनिने दिवेशको टप २० मा छनोट हुने प्रस्तुती हेर्न उनको पूरै परिवार पुगेका थिए ।
अमेरिकन आइडलको शीर्ष २० छनोटमा निर्णायकको भूमिका निकै चुनौतीमय भए पनि दिवेशलाई अगाडि लैजाने निर्णय चाहिँ आफूहरुका लागि सबैभन्दा सजिलो भएको उनीहरुले बताए ।
साथै दिवेशले आफ्नो फेसबुकमार्फत पेज लाइक गर्न तथा शेयर गरी आफन्त तथा साथीभाइलाई लाइक र शेयर गर्न अजनुरोध गरिदिन आग्रह गरेका छन् ।