लकडाउन वैशाख ३ सम्म
काठमाडौं, चैत २४ : सरकारले लकडाउन वैशाख ३ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन वैशाख ३ गतेसम्म कायमै राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सरकारले सुरुमा मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने गरी चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लकडाउन गरेको थियो।
तर, पछि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बढेपछि आठ दिन थप गर्दै लकडाउन चैत २५ गते राति १२ बजेसम्म कायम राख्ने निर्णय गरेको थियो।