बेलायती प्रधानमन्त्री आइसीयूमा


काठमाडौं, चैत्र २५ : बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई लण्डनको अस्पतालमा इन्सेन्टिभ केयर युनिट (आइसीयू) मा राखिएको छ । स्वास्थ्य स्थिती बिग्रिएपछि उनलाई आइसीयूमा राखिएको बताइएको छ ।

यद्यपि, उनी होशमा नै भएको जानकारी छ । जोनसोनलाई ११ दिन अघि कोभिड–१९ को संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि आइतबार नियमित चेकजाँचको क्रममा सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

बोरिस जोनसोनले अस्पताल भर्ना हुनु अघिसम्म प्रधानमन्त्री पदको जिम्मेवारी आइसोलेशनमा रहँदा समेत सम्हालिरहेका थिए तर अब उनले आफ्नो जिम्मेवारी विदेशमन्त्री डोमिनिक राबलाई हस्तान्तरण गरेका छन् ।