प्रदेश सरकारहरुले विरोध गरेपछि उल्टियो भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय
काठमाडौं, चैत २७ : प्रदेश सरकारहरुले विरोध गरेपछि संघीय सरकार उपत्यका बाहिर जान दिने निर्णयबाट पछि हटेको छ । सरकार आफ्नो निर्णयमा डेढ घण्टा पनि टिक्न सकेन ।
डेढ घण्टा अघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको सरोकारबाला मन्त्रालयहरुको बैठकले उपत्यकामा रोकिएकाहरुलाई भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको थियो । तर प्रदेश सरकारहरुले विरोध गरे । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले काठमाडौंबाट बाहिर जान दिने भए लकडाउनको अर्थ नहुने भन्दै विरोध गरेका थिए ।