कथा आफ्नै
यो पाच महिनामा मैले भोगेको अस्ट्रेलिया
बर्षदिनको महान चाड दशैलाई बिदागरी, तिहार नजिकिदै गर्दा, पर्देशीहरु घरदेश फर्किने समयमा । गाउभरी मखमली अनि चमेलीहरु फुल्दै गर्दा, म भने, मनभरी घरदेशको सम्झना अनि आखाँभरी सपनाहरु बोकेर, जीवनकै पहिलो जहाज यात्रामा, एउटा बेग्लै यात्रा तय गर्न निस्किए । बाबा आमाको आशीर्वादलाई शिरमा सजाएर। साथीभाई अनि आफन्तको मायालाई हृदयमा संगालेर, २०१९ को अन्त्यतिर, अक्टोबर महिनाको २४ तारिखका दिन मैले त्यो शहर छोडे, जुन शहरको कुना काप्चा अनि गल्लि गल्लिसँग म परिचित थिए । हेर्दा हेर्दै काठमाडौको त्यो झिलिमिली पनि बिस्तारै हराउदै गयो। एकछिन मन अमिलो भयो । जहाजको झ्यालबाट फेरी एकपल्ट त्यो मधुरो देखिएको सहरलाई हेरे, दुई थोपा आशु पुछे । मन भारी भयो, त्यसपछि, अब चै साच्चै कतै टाढा जादैछु जस्तो भान भयो ।
यसरी नेपाल छोडेर अस्ट्रेलिया आएकोपनि झण्डै छ महिना पुग्न आटेछ, यो आधा बर्ष कसरी बित्यो पतै पाईरहेको छुईन । सुरुका केही महिना त घुमघाम र रमझममै बित्यो, तिहारको बेला थियो, सायद नेपालीहरुको बाक्लो बसाई भएर होला यता, नेपाल जस्तै लाग्यो । आएको दिनमै मो मो पार्टीको वेलकम अनि भोलीपल्टैको देउसीभैलो कार्यक्रम, बिदेशमा पनि स्वदेशी मायाले म आश्चर्यचकित थिए अनि सबैप्रति आभारी पनि । बिस्तारै म यताको रहनसहन र परिबेशमा घुलमिल हुदैथे, बुसफायरले अस्ट्रेलियालाई तहसनहस पारिदियो, करौडौको क्षति भयो, दिनानुदिन डढेलोको खबरले मन त्रासीत भैरहन्थ्यो । कक्षामा पनि सबैको ध्यान अनि कुरा पढाईमा भन्दा धेर डढेलामै हुन्थ्यो। आज डढेलो का सम्म फैलिए, हामीभन्दा कति पर छन् यस्तै कुराले हामी चिन्तित हुन्थेम । शिक्षकहरु, यस्तो खडेरी पैले कहिले नदेखेको भन्दै बर्षाको प्रार्थना गर्थे। हामीलाई भने, आगलागीले रङगाएको यहाँको आकाश अनि प्रदुषणले देख्दा पनि नेपालकै झल्को आइरहन्थ्यो । बिस्तारै सबै कुरा सामान्य हुदैथियो फेरी यो कोरोनाले संसार नै तहसनहस पारिदियो । लाग्छ, मेरो यो दुई बर्ष यस्तै यस्तैमा बित्ने पो हो की ?? यो प्रदेशसँग धेरै आस गरेर आएको त थिएन तर पनि केही गर्छु सिक्छु भनेर आएको थिए, केहीहदसम्म भएपनि बाआमाका सपना पुरा गर्छु भनेर आएकी थिए । यो सबथोक भोगीरहँदा आजकल कताकता मनमा चिसोपस्छ, भोली के हुने हो चिन्ता लाग्छ ।
अचेल मन बैचिन हुन्छ, छट्पटिन्छ । न म खुलेर रमाउन सक्छु, न त दुखी भएर बसिरहन । रमाईलो गर्न मसँग साथीभाई छन् । आफ्नो रहरको काम गर्न समय छ । घण्टौ फेसबुक चलाएर बस वा संसारका कुनाकाप्चाहरुमा छरिएर बसेका मित्रजनहरुसँग भलाकुसारी गरेर बस, ईन्र्टनेटको सुविधा छ । तर पनि यो मनमा बेग्लै खालको छट्पटि र औडाहा छ । कोरोनाको कहरले सबथोक लथालिङ्ग र भताभुङ्ग भएको देख्दा, आज त रमौला, भोली के गरौला भन्ने पीर लाग्छ । अझ, म जस्ता भर्खरै मात्र पढ्न आएका अन्र्तराष्ट्रिय विधार्थीहरुलाई त के के समस्या पर्छ त्यो भनिराख्न नपर्ला, पत्रपत्रिका र टेलिभिजनमा आईरहेकै छन, सोसलमिडियामा त झन चाईनेभन्दा बढि भाइरल भैरहेकैछ । यो सब देखेर म सधै दुखि भैरहन पनि सक्दिन किनकी मलाई थाह छ, म एक्लो छुईन । सबलाई यस्तै परेको छ ।
यो बेल ा झुपडीमा बसुन वा म हल, सबले आफ्नै खालका पिडा महसुस गरेका छन ् । अनि सबैलाई आफ्नै समस्या ठुल ो लागेको छ । अचेल जिन्दगी नै कस्तो कस्तो बनेक ो छ, आधा रातसम्म निन्द्रा नलागेर मोबाईलमा संसार चिहाउनु अनि मध्यदिनमा उठ्नु मेरो लागी सामान्य बनेको छ, किनकी मलाई न छिट्टै उठेर काम जाने हतार छ, न त युनी पुग्न । म उठु, सुतु, खाउ, नखाउ जे गर तर घरको चार कोठाभित्र, मेरो लागी सबथोक खुल्ला छ, सबथोक छुट छ अचेल । सायद कुनैदिन, हामी धेरैले यस्तै कुराको ईच्छा गरेको हुनुपर्छ । तरपनि खै त यहा सन्तुष्टि, खै त यहाँ हृदयदेखिको खुसी ??
कारोनाले गर्दा घर बसेको नी महिना दिन पुग्न आटिसक्यो, अझ कतिदिन यसरी बसीरहनपर्ने हो थाह छैन । घरबसिरहदा भएभरका फिलिम हेरेर अनि गेम खेलेर नी भ्याईसके । तासको जुटपति मात्र आउने मलाई अचेल म्यारीजबाहेक सबथोक आउछ भन्दा फरक नपर्ला । बागचाल’bout सुनेको मात्र थिए, साथीभाईले घरमै कागजको टुक्राले बनाएर सिकाएदेखी त्यै गेम आजकल फेबरेट बनेको छ । केही नहुदाँ मोबाईलमा लुडोपनि खेल्छु र दिन कटाउछु, मन भुलाउछु । यस्तै बेला युनिर्भसीटिले फेरी असाईन्मेन्टहरु दिन्छ, अनलाईन क्लास के के जाती हो गरौँ भन्छ । तनमन नै बैचिन भा बेला पढाईमा पनि के मन जान्छ र? उताबाट त्यत्रो पैसा तिरेर पढ्न आईयो यता युनी, त्यै अन्लाईनको पावार पोईन्ट र १—२ घण्टे लेक्चरले ट ार्न खोज्छ । चित्त बुझ्दैन तरपनि बुझाउछु । किनकी कोरोना सबैको लागी एक अन्एक्सपेक्टेट रियालिटी थियो । यस्तो होला, न कसैले सोचेका थिए, न कोही यस’bout तयार थिए नै । मसँग आज जति गुनासा गर्ने ठाँउहरु छन्, सायद उत्तिकै चित्त बुझाउने ठाउँहरुपनि छन् ।
कोरोनाले संसारभरका लाखौ मानिसहरु संक्रमित भैरहँदा, म स्वास्थ छु । हजारौ जना घरबारविहिन अनि भोकभोकै परिरहँदा, दुई छाक मिठो मसिनो खाईरहेकै छु । टाढा होस या नजिक, के छ हालखबर, सन्चै छौ? भनेर सोध्ने साथीभाई र सुभचिन्तकहरु प ाईरहेकैछु । अर्काकै देशमा किन न होस, आफ्ना सोच्नेहरु भेटेकीछु । बा आमाको आर्शीबाद लागेकै छ । अनि… परिस्थिति जस्तैहोस्, यो मुस्कान सधै यस्तैरहोस भन्दै, हरदुख सुखमा साथदिने प्यारो मान्छेको साथ पाईरहेकी छु । आखिर यो भन्दाबेसी अरु के चाईयो र जिन्दगी ज्युनलाई अनि खुसी हुनलाई ।
सबैमा माया अनि मिठो सम्झना ।