गजल
![](https://sadrishya.com/wp-content/uploads/2020/04/93665947_868805323586017_9016148540656713728_n.jpg)
ओठमा भए’नि हाँसो यो दिलको हाल फेरिन्न
हेरेर बाह्य रूप मान्छे कवै चिनिन्न
केहि नदेर सबथोक लिन खोज्नुहुन्छ साहेब
सासै नफालेसम्म सासनै लिन’नि सकिन्न
आऊ समीप प्यारी आखा जुधाई के बस्नु
धारो हेरेर कैल्यै प्यासाको प्यास मेटिन्न
राहत दिने भए’नि दे भो धनीहरुलाई
हामी त हौ गरीब एकछाक नखाई मरिन्न
तिम्रो नजीक ऊ आउदा सोचेर हात मिलाउ
कैल्यै’नि त्यो फलाम खिया बिना खिईन्न
खड्का जी