टेकु अस्पतालका संक्रमण रोग विशेषज्ञ डा. पुनलाई स्वास्थ्य मन्त्रालयको जगेडामा तानेर स्पष्टिकरण

काठमाडौं, वैशाख ६ : कोरोनाभाइरसको उपचारमा दिनरात खटिएका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका  वरिष्ठ चिकित्सक डा. शेरबहादुर पुनसँग सरकारले स्पष्टिकरण सोधेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले शुक्रबार पुन संग लिखित स्पष्टिकरण सोधेका हुन्।  स्रोतका अनुसार पुनलाई विभिन्न संचार माध्याममा राखेका धारणामा प्रश्न उठाउदै स्पष्टिकरण सोधिएको छ। ‘हिजो स्पष्टिकरण पत्र आएको छ । आईतबारबार स्पष्टिका लागि मन्त्रालय जादैछु’, डा. पुनले भने, ‘म जापानमा १० लाखको कमाई गरेको मान्छे हो। देशको लागि काम गर्न भनेर आएको हुँ । काम गर्दा यस्तो पुरस्कार दिन्छ भने ठिकै छ ।’

मन्त्री ढकालले पुनलाई केही दिनदेखि मन्त्रालयमै हाजिर गर्न उर्दि  पनि जारी गरेका थिए । सरकारले महामारीका बेला संक्रमण रोग विशेषज्ञलाई नै मन्त्रालयमा जगेडामा तान्ने र स्पष्टिकरण सोधेर चिकित्सकहरुको मनोवल थप कमजोर बनाएको छ। 

पुन लामो समयदेखि टेकु अस्पतालमा सरुवाको उपचारमा क्रियाशिल छन्। उनी नेपालका सिमित संक्रमण रोग विशेषज्ञ मध्य सबैभन्दा वरिष्ठ हुन् ।

डा.पुन यसअघि नेपालमा देखिएका सबै खालका सरुवा रोगको उपचारमा सधै अग्रस्थानमा रहँदै आएका थिए। डेंगु, स्वाईन फ्लु, मलेरिया, एचआईभीलगायतको उपचारमा डा. पुनकै नेतृत्वकाे टिमले काम गर्दै आएको छ।

उनले नै जिल्लाजिल्लामा गएर त्यहाँका चिकित्सकहरुलाई संक्रामक रोगको तालिम पनि दिने गरेका छन्। 

वरिष्ठ चिकित्सकमाथि सरकारको यस्तो व्यवहारले कोरोना भाइरसविरुद्ध उपचाररत अन्य चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि मनोवल गिर्ने विज्ञहरुकाे भनाइ छ।

डा.पुन लामो समयदेखि टेकु अस्पतालमा सरुवाको उपचारमा क्रियाशिल छन्। उनी नेपालका सिमित संक्रमण रोग विशेषज्ञमध्ये सबैभन्दा वरिष्ठ हुन्।  काठमाडौँ प्रेस