राप्रपाको १२ बुँदे विज्ञप्ति

काठमाडौं । आर्थिक संकटको समयमा सरकारले विलम्ब नगरी आर्थिक प्याकेज निर्माण गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग माग गरेको छ ।

कोरोना प्रकोप नियन्त्रण गर्न बन्दाबन्दी मात्र समाधान होइन भन्दै नेपाली अर्थतन्त्रलाई राहत दिन तत्कालै आर्थिक प्याकेज निर्माण गर्न राप्रपाले माग गरेको हो ।

राप्रपाका अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाले आइतबार विज्ञप्ति जारी गर्दै महामारीलाई दृष्टिगत गर्दै अन्तर्राष्ट्रिय समुदायसँग विशेष प्रस्ताव गर्न सरकारलाई सmुभाव दिएका छन् ।

संकटको घडीमा अन्तर्राष्ट्रिय समुदायसँग दुई वर्षको ब्याज मिनाहा र पचास प्रतिशत ऋण मिनाहाको माग गर्न राप्रपाको सुझाव छ ।

तीन अध्यक्षले कोरोना महामारीविरुद्ध लड्न सबै तहमा सर्वदलीय संयन्त्र निर्माण गर्न पनि सुझाव दिएका छन् । सर्वोच्च अदालतको आदेशअनुसार घर जान चाहने नागरिकका लागि आवश्यक प्रबन्ध मिलाउन माग गरेका छन् ।

स्वास्थ्य सामाग्री, औषधि अझै आयात हुन नसकेको, सरकारको चेन अफ कमाण्ड रहेको भन्दै राणा, लोहनी र थापाले चिन्ता प्रकट गरेका छन् ।

अग्रपक्तिमा क्रियाशील चिकित्सक र सर्वसाधारणमाथि ज्यादती भएको भन्दै यो बेला बल प्रयोग होइन सरकारले सही सूचनाको प्रवाह र अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।

अध्यक्षत्रयले जारी गरेको विज्ञप्तिमा निम्न बुँदा समावेश छ ः

१) लकडाउन लगायतका सरकारी निर्णयहरु कार्यान्वयन गर्ने क्रममा सरकारी संयन्त्र सहिष्णु र संवेदनशील रहनु जरुरी छ । महामारीको अग्रिमपक्तिमा रहेर कामगर्ने चिकित्सक र कतिपय स्थानमा सर्वसाधारणमाथि ज्यादती भएको देखिएको छ । यस्ता कार्य दोहोरिन नदिन राप्रपा सरकारसँग आग्रह गर्दछ । यो बेला बल प्रयोग होइन सरकारले सही सूचनाको प्रवाह र अभिभावकीय भूमिका निर्वाह गर्नु पर्छ ।

२) महामारी फैलिएको महिनौं भैसक्दा पनि स्वास्थ्य सामाग्री र व्यक्तिगत सुरक्षा साधन अझै पर्याप्त मात्रामा आपूर्ति हुन नसक्नुले सरकारको कार्यशैली प्रभावकारी नरहेको स्पष्ट हुन्छ । यसर्तफ सरकारले तत्काल ध्यान देओस् भन्ने राप्रपा आग्रह गर्दछ । यस्तो संकटको घडीमा अनियमितता, भ्रष्टाचार र कालोबजारी गर्ने जोसुकै भएपनि अबिलम्ब कार्वाही गरिनु पर्दछ र कारवाही गरेको स्पष्ट देखिनुपर्छ ।

३) नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान र्पुयाउँदै आएको वैदेशिक रोजगार क्षेत्र अहिले गंभीर संकटमा परेको छ । बिश्वको विभिन्न मुलुकहरुमा कार्यरत नेपालीहरु अहिले एकातिर कोरोना भाईरसको जोखिममा रहेका छन् भने अर्कोतर्फ उनीहरुको रोजगारी समेत संकटमा परेको छ । यस वास्तविकतालाई दृष्टिगत गर्दै राप्रपा देहाय बमोजिमका बिषयहरुतर्फ नेपाल सरकारको ध्यान आकर्षित गर्दछः

क) बिभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ र सुरक्षा अवस्थावारे जानकारी लिने तथा कोरोना भाईरसको संक्रमणबाट जोगाउन आबश्यक पहल गर्ने,

ख) जागिरबाट निकालिएका, सम्बन्धित सरकार र रोजगारदाताले जिम्मेवारी नलिएका र अलपत्र परेका नेपाली नागरिकहरुलाई विमान चार्टर गरेर भएपनि स्वदेश फर्काउने तथा अनिवार्य क्वारेन्टाईनमा राख्ने व्यवस्था गर्ने,

ग) कोरोना भाईरसको बिश्वव्यापि महामारीबाट बैदेशिक रोजगारीको क्षेत्रमा लामो लमयसम्म नकरात्मक प्रभाव पार्ने निश्चित रहेको हुंदा त्यसबाट नेपालमा पर्ने प्रभावलाई न्युनिकरण गर्न अहिले देखि नै अल्पकालिन र मध्यमकालिन रोजगारी प्रबर्द्धन सम्बन्धि कार्यक्रम तयार गर्ने,

घ) बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको अवस्थावारे नियमितरुपले आमजनतालाई जानकारी गराउने

४) महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहंदै नेपाल–भारत सिमाना सम्म आईपुगेका नेपाली नागरिकहरुलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राप्रपा सरकारसंग माग गर्दछ ।

५) कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चिनसंगको सिमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यावसायिक अन्तरराष्ट्रिय उडान बन्द गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्दछ ।

६) आफु बसेको ठाउंमा काम नपाएर, खाने बस्ने सुविधा नभएर तथा परिवारको जिम्मेवारी बोध गरेर सयौं किमि हिंड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई सर्वोच्च अदालतको आदेश अनुरुप प्रदेश तथा स्थानीय सरकारको सहयोगमा गन्तव्य सम्म र्पुयाउन राप्रपा सरकारसंग अनुरोध गर्दछ ।

७) कोरोना भाईरसको महामारीको परिणामस्वरुप नेपालको कृषी क्षेत्र पनि प्रभावित भएको छ । पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसाय लगायत कृषी सम्बन्धि अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकरात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालिन र दीर्घकालिन राहत प्याकेज कार्यान्वन गर्न राप्रपा सरकारसंग माग गर्दछ । भविष्यमा खाद्य संकट आउन नदिन आवश्यक तयारी गर्ने ।

८) कोरोना भाईरसको महामारीले बिश्व अर्थतन्त्रमा गंभीर मन्दि देखापर्न थालिसकेको छ । नेपाल जस्तो अल्पविकसित र बिकासोन्मुख राष्ट्रको आर्थिक स्थितिमा पर्ने प्रतिकुल प्रभावलाई न्युनिकरण गर्न प्रभावकारी आर्थिक नीति र योजनाको आवश्यकता पर्दछ । यसवारे पछि सोचौंला भन्ने मानसिकताबाट मुक्त भै अहिले नै उपयुक्त वित्तीय र मौद्रिक कार्ययोजना तयार गर्न राप्रपा सरकारसंग आग्रह गर्दछ। साथै, मजदुर, रोजगारदाता, उद्योग बाणिज्य, कृषि, पर्यटन लगायतका क्षेत्रलाई सहुलियत र सुविधा उपलब्ध गराईनु पर्दछ । समयमा त्यसवारे ध्यान नदिने र पछि महामारीलाई दोष दिएर पन्छन मिल्दैन ।

९) कोरोना भाईरसको प्रकोपले बिश्वका सबै धनि र गरिब राष्ट्रहरुको अर्थतन्त्रमा गंभीर र नकरात्मक असर पारेको छ। त्यसमा पनि नेपाल जस्तो अल्पविकसित देशलाई झन ठूलो असर पारेको छ। यस परिप्रेक्षमा नेपाल सरकारले अन्तरराष्ट्रिय समुदाय र फोरमहरुमा निम्न बमोजिमका दुई प्रस्ताव पेश गर्न राप्रपा सुझाव दिन्छः
(क) अल्पविकसित र बिकासोन्मुख राष्ट्रहरुले लिएको ऋणमा आगामि दुई बर्षसम्मको लागि व्याज मिनाह गरिनु पर्दछ ।
(ख) नेपाल जस्तो अल्पविकसित राष्ट्रहरुले तिर्नु पर्ने कुल ऋणको कम्तिमा ५० प्रतिशत मिनाह गरिनु पर्दछ ।

१०) बिश्व ईतिहासमा नै अत्यन्त त्रासदीपूर्ण रहेको यो महामारीलाई पराजित गर्ने मुख्य जिम्मेवारी सरकारको हो भन्नेमा कुनै विवाद छैन । यस सन्दर्भमा सरकारले चालेको र चाल्ने कदममा राप्रपाको सदैव सकारात्मक धारणा रहने छ । समस्याको संवेदनशीलता र गंभीरता दृष्टिगत गर्दै तथा विगतका परम्परा र अनुभवलाई समेत विचार गरि सबै पक्षको सहयोग र सुझाव लिन तथा सरकारको कार्यवारे सबैलाई जानकारी दिन सबैतहमा सर्वदलिय संयन्त्र गठन गर्नु उपयोगी हुने राप्रपाको सुझाव रहेको छ । केन्द्रमा रहने त्यस्तो संयन्त्रको संयोजकत्व स्वयं प्रधानमन्त्रीले लिनु उपयुक्त हुनेछ।

११) वर्तमान संकटको घडिमा सामाजिक सांस्कृतिक सदभाव खलबलाएर निहित स्वार्थपुर्ति गर्न चाहने प्रवृत्ति देखापर्न सक्दछ। यो भाईरसको खतरा कुनै धर्म,जाती, समुदाय र देश बिरुद्ध केन्द्रित छैन । यो सम्पूर्ण मानव जाती माथी आईलागेको संकट हो । त्यसर्थ परस्पर सदभाव र एकता कायम राखि कोरोना भाईरसको संक्रमणलाई पराजित गर्न राप्रपा आमजनतामा आह्वान गर्दछ ।

१२) कोरोना भाईरसको महामारी नियन्त्रण गर्न तथा विपन्न वर्गलाई सहयोग गर्न राप्रपाका विभिन्न ईकाईहरुले हालसम्म गर्दै आएको कार्यको सराहना गर्दै यो कार्य निरन्तर जारी राख्न तथा सबै तहका सरकारले चालेका कार्यहरुमा सहयोग र्पुयाउन पार्टीका सबै निकाय र कार्यकर्ताहरुमा हामी आह्वान गर्दछौं।

अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा

विदेशमा रहेका नेपालीहरूप्रति विशेष ध्यान दिनु पर्ने

कोरोना भाइरस कोभिड १९ का कारण रोजगारी गुमाएर विदेशमा धेरै नेपाली अलपत्र अवस्थामा रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले विमान चार्टर गरेर भए पनि उनीहरुलाई स्वदेश फर्काउन आग्रह गरेको छ । अध्यक्ष कमल थापा, पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गरी नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरी देशभित्र ल्याउन पनि माग गरेको छ ।

त्यस्तै आफू बसेको ठाउँमा काम नपाएर, परिवारको जिम्मेवारीवोध गरेर सयौं किलोमिटर हिँड्दै घर फर्किरहेका मजदुर, किसान र सर्वसाधारणलाई गन्तव्यसम्म पु¥याउन पनि राप्रपाले माग गरेको छ । त्यस्तै विभिन्न देशमा रहेका नेपालीहरुको स्वास्थ्य र सुरक्षा अवस्था’bout जानकारी लिन तथा कोरोना भाइरसको संक्रमणबाट जोगाउन आवश्यक पहल गर्न पनि राप्रपाले आग्रह गरेको छ ।

कोरोना भाइरसको विश्वव्यापी महामारीबाट वैदेशिक रोजगारीको क्षेत्रमा लामो समयसम्म नकारात्मक प्रभाव पार्ने हुँदा नेपालमा त्यसको प्रभाव न्युनीकरण गर्न अहिलेदेखि नै अल्पकालीन र मध्यमकालीन रोजगारी प्रबद्र्धन कार्यक्रम तयार पार्न पनि आग्रह गरेको छ । राप्रपाले कोरोनाको प्रकोप अन्त्य नभएसम्म सामान ढुवानीको निमित्त बाहेक भारत र चीनसंगको सीमा बन्द गर्न, नियमन गर्न तथा सम्पूर्ण व्यवसायिक अन्तर्रा्िष्ट्रय उडान बन्द गर्न आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीबाट प्रभावित पशुपालन, कुखुरापालन, माछापालन, दुग्ध व्यवसायलगायत कृषिसम्बन्धी अन्य व्यवसायलाई परेको र भविष्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गर्दै अल्पकालीन र दीर्घकालीन राहत प्याकेज ल्याउन पनि राप्रपाले माग गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल(भारत सीमा क्षेत्र आइपुगेका नेपालीलाई देशभित्र प्रवेश गराई क्वारेन्टाइनमा राख्नुपर्ने बताएको छ।

‘महामारीको बेला परिवारका साथ रहने चाहना बोकेर कष्टकर यात्रा सहँदै नेपाल–भारत सिमानासम्म आइपुगेका नेपाली नागरिकलाई स्वास्थ्य परीक्षण गरि देशभित्र ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न राप्रपा सरकारसँग माग गर्दछ,’ अध्यक्षहरू पशुपती शमसेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले संयुक्त रूपमा विज्ञप्ति निकालेर भनेका छन्।

राप्रपाले विभिन्न १२ बुँदा समेटेर सरकारको ध्यानाकर्षण गर्दै आइतबार विज्ञप्ति निकालेको हो। कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीमाथि ज्यादती भएको भन्दै राप्रपाले सरकार अभिभावकीय भूमिकामा रहनुपर्ने उल्लेख गरेको छ।