मेरो रहरको देशमा भेटिएको कथा

संगीता पाठक

मनमा हजारौं सपना, रहर भएपनि आफ्नो परिवार, देशसंग छुट्टीनुको वियोग बेग्लै हुदोरहेछ, आँशुका ढिकालाइ आफुभित्रै लुकाई म हासी हासी आफ्नो देशलाइ बिदा गर्ने तयारिमा लागे । अन्तर्राष्ट्रिय उडानको पहिलो अनुभव भएकाले होला मनमा फेरी एउटा बेग्लै खुशीको बतासले चिस्स सिरेटो हान्यो, यात्रा सहज गराएकी थिइ संगै बसेकी साथि मिठा मिठा गफ गर्दै बादलमाथि हराउदै ।

सोसल वर्कको डिग्रीसंगै लघुवित्त माइक्रो फाइनान्समा सोसल वर्क मोबिलाइजर पदमा रहेर काममा आबद्द भएको करिब बर्ष दिन पुग्न लागिसकेको थियो । दिउसो भरि इटहरीको घाममा फिल्डको काम गरेर, थकित अवस्थामा आफ्नो कोठा पुगी बेडमा पल्टेर आरामको शास फेर्दै गर्दा, संगीता आइसक्यौ भन्दै बाहिरबाट ज्योति दिदिको बोलावट थियो । इटहरीको गर्मि तर चिया हामि दुइजनाको उपस्थितिमा शितलता पर्दान गर्थ्यो, चियाको चुस्कीसँगै दिदिबहिनि गफम खुब गफियौ । कुरैकुरामा ज्योति दिदि ओहो अव संगिताको भिजा पनि चाडै आउछ होला कति खुशी है भन्दा पो मलाइ मनमा कता कता गर्मि हुदैँ आयो ।

ब्याचरल सकेपछी दुइ चार बर्ष जागीरमै रमाउछु, यहि समाजमा धेरै काम गर्नु बाकि छ, त्यो गरेर दिनचर्या व्यतित गर्छु सोच्थे तर मनको एउटा कुनामा कताकता मास्टर गर्ने, अझै उच्च सिक्षा त्यो पनि अन्तर्राष्ट्रिय सिक्षाको अनुभव लिने रहरले मलाई उक्साएको थियो । मैले अबरोडको गुणस्तरीय युनिभर्सिटीबाट सोसल इन्टरप्रेनरशिपमा मास्टर गर्ने सोचमा त्यसको लागि एप्लाई गरेको जानकारी ज्योति दिदिलाइ अवगत पहिलेदेखि थियो त्यसैले त्यो बिषयमा चिन्ता व्यक्त गर्नु जायज थियो । मेरा मनमा उब्जिएका सारा डरलाइ एक छेउ राखी दिदिलाइ आडस दिदै केहि छैन दिदि आए राम्रो भो, यदि आएनछ भनी दुख मान्दिन म त यति राम्रो काम, आफ्नो हिसाबले काम गर्न पाउनी स्वतन्त्र पारिवारिक अफिस छदैछ भनेर मनको पिर मिसाई मुसुक्क हासे र दिदिले सुभकामाना दिदै छुट्टीनुभयो । शरीरमा केहि थकान अझै बाकि रहेजस्तो महशुस भइरहेकाले म एकछिन बेडमै पल्टेर मोबाइलमा झुम्मिए, त्यतिकैमा कन्सल्टेन्सीबाट फोन आयो, लामो शास फेरी फोन उठाए मेरो हेल्लो आवाजभन्दा मनको ढुकढुकीको आवाज चर्को हुदैथियो, धेरै बधाई छ संगिता तपाइको भिजा आयो त्यो सुन्ने बितिकै हर्षले ठाउँ छोड्यो मैले केहि जवाफ नफर्काइ फेरी अर्को आनन्दको शासमा रमाए । सबैभन्दा पहिला यो खुशीको खबर हत्तारिदै आफ्नो परिवारलाइ फोन गरि उहाहरुमाझ खुशी व्यक्त गर्दै, बाकि सबै आफ्ना सुबचिन्तकलाई फोन लगाए मन फुरुंग गर्दै आफ्नो सपनाको शहर पुग्ने आतुरता बढेको देखेर म आफै अचम्मित भएकी थिए ।

छिट्टै आफ्नो सपनाको देशमा पुगी, उच्चस्तरीय सिक्षा आर्ज़नसंगै विदेशको त्यो लोभलाग्दो त्यो निलो समुन्द्र सफा वातावरण आफ्नो परिश्रम अनुसारको पैसा कमाउन सकिनी राम्रो आय स्रोतको अनुभबमा बित्ने जीवनलाइ रातभर कल्पनामै बिताएछु । भोलिपल्ट आफिसमा आफ्नो सफलताको खुशीमा सबैसंग आफ्नो नयाँ पाइलाको सुरुवातको खबर पेश गर्दै, लड्डुले मुख मिठो बनाउदै न्यानो सुभकामाना आफ्नो साथमा साचे । एक मनले हामि नेपालि किन बाहिर अरुको देशमा गएर लिने सिक्षा, उनीहरुको देशमा गर्नुपर्ने संघर्समा यति खुशी किन हुन्छौ ? आज हरेक नेपालि परिवारको एक सदस्यको बाहिरको भिजा आउछ अनि त्यसैलाइ प्रगति किन देखिन्छ जस्ता प्रश्नहरुले मेरो मन पोलिरहेको थियो ।

तर कतै न कतै रहर भनुम या त आफ्नो भन्दा बिकशित देशको अनुभब र त्यहाँ लिन पाइने अवसरले भनुम हामि नेपालि युवाको मनलाइ देश छाड्ने रहरले घेर्दोरहेछ । समय थोरै भएकाले मैले अफिसमा कुरा गरि इटहरीको बसाइ अनि जागिरलाइ अलबिदा गरेर परिवारका साथ काठमाडौंमा आइ आफ्नो यात्राको तयारिमा लागे । नजिकिदै गरेको बर्षदिनको हिन्दु धर्मावलम्बीको महान चाड बडादशैँलाइ स्वागत गर्न नपाई घरको याद र मन भरी विभिन्न सपना बोकेर मैले अंग्रेजी साल २०१९, अक्टोबर ४ मा आफ्नो उडान पक्का गरे । बिहान सबेरै उठी पशुपतिनाथको दर्सन गर्दै, आफ्नो नौलो पाइलाको लागी आशिर्वाद बोकी आमाको हातले बनेको मिठो खाना फेरी कहिले खानि बिलासामा पस्किएको दुइ गास आँशुसंग घुटुक्क निल्दै म घरपरिवार, साथीभाई र केहि आफन्तजनको साथमा एयरपोर्ट पुगे ।

मनमा हजारौं सपना, रहर भएपनि आफ्नो परिवार, देशसंग छुट्टीनुको वियोग बेग्लै हुदोरहेछ, आँशुका ढिकालाइ आफुभित्रै लुकाई म हासी हासी आफ्नो देशलाइ बिदा गर्ने तयारिमा लागे । अन्तर्राष्ट्रिय उडानको पहिलो अनुभव भएकाले होला मनमा फेरी एउटा बेग्लै खुशीको बतासले चिस्स सिरेटो हान्यो, यात्रा सहज गराएकी थिइ संगै बसेकी साथि मिठा मिठा गफ गर्दै बादलमाथि हराउदै आफ्नो प्यारो देशको दृश्य ओझेल पर्दै यताको दृश्य झल्किरहेको थियो । उडानले धर्ति टेकीसकेको थियो, कता कता अन्योल लाग्यो केहि घण्टाको फरकमा म मेरो भुमिबाट कति माइल दुरी पारि कति समुन्द्र पारि आइसकेछु । एयरपोर्टबाट आफु रह्नी ठाउमा आउदा त्यो मेट्रोको झ्यालबाट नौलो शहरलाइ नियाल्दै फुरुंग हुदैँ थिए, निलो समुन्द्र, सफा बाताबरण, गोरा मान्छे कति ब्यबस्थित अनि शान्त छ यो सहर ओहो साच्चै म बिदेश आइपुगीसकेछु ।

नौलो शहर, फरक देश, अनि अरु अनगिन्ती देशका मानिसहरु, समुन्द्रमा हत्त बढेको छाल, मिठो बतासमा त्यहि समुन्द्रको किनारमा म निकै समय रमाईरहन्छु । मात्र रमाएर बस्न कहाँ पाइयो र कामको खोजिमा व्यस्त रहन थाले, बिस्तारै एउटा सानो काम पाउन सफल भए । समय राम्रो चल्न सुरुवातीमा नै एकदिन आचनक मोबाइलमा काम लगाइएको पैसा बुझाउनु पर्ने’bout म्यासेज आयो, कुरा नसुनी काममा जाम इमिग्रेशनमा खबर पुग्छ कि भन्ने डर एकातिर फेरी आफू पुरै इलिगल भएर काम गर्न थालेकी थिए । काम नगरम खाने बस्ने कसरी ? यो देशमा काम गर्न पाउने पपेर 6 महिना मात्रै आऊने सिस्टम रहेकाले, त्यसैगरि बस्दै थिए अर्को हप्ताबाट होटेलमा सरसफाइ गर्ने काम मिल्यो । त्यहाँ नि गर्दै गर्दा त्यस्तै, कसलाई भन्नु आफूसंग काम गर्न पाउने आधिकारिक केहि थिएन, यसैले त यहाँ बिना कसुर दोषी देखाइएपनि आफु चुप रहनु सिवाए केहि नहुदो रहेछ ।

आएको केहि महिनामै कलेजको भ्याकेसन शुरु भइहाल्यो मलाई एकैचोटी दशा लागेको जस्तै लाग्यो, न काम न कलेज भयो । दिउसो कोठा बस्यो कोहि हुदैन सब काममा जान्छन, आफुलाइ के भइरहेको छ, मनको ब्यथा कस्लाइ सुनाउनु । केहि समय त यसै सोसल मिडियामा बित्दै जान्थ्यो तर मन बेचेन नै रहीरहन्थ्यो बिस्तारै मैले अरुसंग कुरा गर्नी आफ्ना दुख, सुख बाड्ने बानि हटाउदै गएकी थिए । सुरुमा हेर्दा आहा लाग्ने समुन्द्र हेर्दा बिरक्त लाग्थ्यो, मेरै दुखमा खिल्ली उडाउदै छाल हाल्दै छ जस्तो लाग्थ्यो, सबै औरथ देख्छु ।

बेला बेला सम्झिन्छु किन आए, म त्यहि राम्रो काम थियो आफुले भनेजसरी, आफ्नो इक्षाअनुरुप काम गर्न पाएकी थिए, सामाजिक कार्यमा पाएको त्यो माया, अनि सम्मान कति प्यारो थियो । मानिस दुखि रहदा उसको बिगतका खुशी, सम्मान त्यहि प्रिय लागि सम्झिदो रहेछ, यस्तै दुखहरु अनि आफ्नै देशको रमाइलो पल, सहज बातावरण सम्झिदा बेला बेला आफ्नै टाउको ठुलो ढुंगाजस्तो गरुङ्गो महशुस गर्थे । बिस्तारै आफन्त, साथीभाइसंग बोलचाल कम गर्दै गए, आफै यो वियोगमा जलीरहेकी हुन्थे न रात न दिन मेरा आँशु निरन्तर बाडी लाइरह्न्थ्यो एक्लै डिप्रेस हुदैँ गए । कता कता सोच्छु के भने होलान मेरा आफन्ती, साथिभाइ, देश फेरीएसंगै मनपनि फेरिछ नभन्नु होला आफु वियोगमा हुदा कोहि कसैसंग बोल्न, हास्न, अनि रमाउन सकिदो रहेनछ । एकातिर फेरी आउदा लागेको चर्को ऋण, यस्तै बिरलो समय चल्दै गइरहेको बेला फेरी अर्को महामारीले कोलाहल बनाएको छ । काम बन्द आज महिनौ बितिसक्यो कोठामा बन्दि भएको आफ्ना सपना, रहरहरुले कति झस्काइरहन्छ अनि यो प्रेदेशको ठाउमा आफ्नो दुखले भोलि कुन मार्ग देखाउने हो भन्नि चिन्ताले खुब पिरोल्छ ।

नयाँ मानिस छिनभरको हुदोरहेछन हाइ हेल्लो सक्यो, आफ्नो देश छोडी यहाँ आउन पाउदा के का नै लाग्थ्यो आएपछि थहा भयो मानवत हरायको देश पो विदेश रहेछ । जिनोतिनो यो महामारीको चट्टान फोर्दै, आफु बलियो बनि पुन आफ्नै देश फर्की आफ्नो इक्षा, आफ्नो खुशी भेटिने मेरो रहर समाजसेवालाई नै निरन्तरता दिने अठोटका साथ यहाँ दिन बिताईरहेकी छु ।