सरकारले दुवै अध्यादेश फिर्ता लिने

काठमाडौं, वैशाख १२ : सरकारले ल्याएका दुवै अध्यादेश फिर्ता हुने भएका छन्।

आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेको छ।

नेकपाभित्रै र प्रमुख प्रतिपक्षी कांग्रेसलगायत सबै राजनीतिक दलले व्यापक विरोध गरेपछि सरकार पछि हटेको हो।