जेठ २ सम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध

काठमाडौं, वैशाख १३ : सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्ब्याउने निर्णय गरेको  छ। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शनिबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा (मे १५ ) जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

यसअघि सरकारले वैशाख १८ गतेसम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो।  कोरोना भाइरस रोगथाम तथा नियन्त्रणका लागि भन्दै यसअघि सरकारले सुरुमा चैत ९ देखि चैत १८ गतेसम्मका र पछि त्यसलाई थप गर्दै वैशाख १८ गतेसम्मका कायम गरेको थियो।