मृत्यु भएकै हो त किम जोन उनको !
काठमाडौँ, बैशाख १४ : उत्तर कोरियाका सर्वोच्च तानाशाह नेता किम जोन उनको मृत्यु शनीवार राती भइसकेको समाचार बेलायतको सण्डे एक्सप्रेस पत्रिकाले विभिन्न समाचार सुत्रहरुको हवाला दिँदै अनलाइन संस्करणमा छापेको छ ।
सण्डे एक्सप्रेसले चीन र जापानका पत्रिका र सुत्रहरुलाई उधृत गर्दै ३६ वर्षीये किम जोन उनको मृत्यु शनीवार राती भइसकेको जनाएको छ । अर्को समाचार सुत्रका अनुसार किम जोन उन मरणासन्न अवस्थामा प्रतिक्रिया बिहिन छन् ।
हंकंगको स्याटेलाइट टेलिभिजन सिजियान सिन्जोउका उप निर्देशकको हवाला दिँदै किम जोन उनको मृत्यु भइसकेको जनाइको छ सण्डे एक्सप्रेसले ।
अप्रिल १२ तारीख उनको मुटुको शल्यक्रिया गरेको र अवस्था चिन्ताजनक भएपछि चीनबाट विशेसज्ञ डाक्टरहरु गएको पनि समाचारहरु आएको थियो ।