सरकारले कोरोनाभाइरसको ट्रेसिङ्ग गर्न नयाँ एप ल्याउने
विभिन्न इन्नोभेसन र प्रविधिलाई एकिकृत गरेर अघि बढाउन आवश्यक रहेको विज्ञहरुको जोड
काठमाडौँ, बैशाख १४ : कोरोना नियन्त्रण र रोकथाममा प्रविधिको क्षेत्रबाट उल्लेख्य प्रयास भइरहेको भन्दै सरकारले सबैलाई एकिकृत गरेर प्रभावकारितामा जोड दिन आवश्यक रहेको बताएका छन । शनिवार नेपाल सरकारका प्रतिनिधिहरु सहित विभिन्न विज्ञहरुसँग भएको छलफलमा इन्टिग्रेटेड ट्रेसिङ तथा स्व परिक्षण एप ल्याउनु जरुरी हुने कुरामा जोड दिइएको छ ।
पूर्वमन्त्री गणेश शाहको संयोजकत्वमा आयोजना भएको वृहत छलफल कार्यक्रममा नाष्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले धेरै युवा, स्टार्टअप र सस्थाहरुले नयाँ इन्नोभेसन, एप्लिकेशन, रोबोट, भेन्टिलेटर लगायतका प्रविधिहरुको विकासमा काम गरिरहेको हुदा, यसलाई अझ प्रभावकारी बनाउन नेपाल सरकार र नाष्टले सहकार्य गर्ने बताए । प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलिले सरकारले विपद व्यवस्थापन केन्द«मा आइटीको समुह बनाएर भइरहेका प्रयासलाई एकिकृत गर्न लागिएको जानकारी दिए । डेटा एनालाइसिस गरि त्यसलाई नलेजमा रुपान्तर गरेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउदै उनले सरकारले यस तर्फ काम गरिरहको बताए ।
नेपाल टेलिकमले सुरुदेखि नै कोरोना नियन्त्रणमा विभिन्न प्रविधि र प्रयोगबाट काम गरिरहेको बताउदै भइरहेको प्रवन्ध निर्देशक डिल्लि अधिकारीले बताए । ट्राकिङ र ट्रेसिङमा सरकारसँग सहकार्य गरि टेलिकमले काम गरिरहेको बताउदै उनले टेलिकमबाट सञ्चालित कोरोना सर्भे प्रभावकारी भएको जानकारी दिए । सूचना तथा सञ्चार मन्त्रालयका पुर्व सहसचिव वीरेन्द्र मिश्रले प्रदेश ५ सरकार र नगरपालिकाहरुले प्रयोग गरिरहेका विभिन्न एप्लिकेशनहरु प्रभावकारी भएको भन्दै सरकारले त्यसलाई एउटै ड्यासबोर्डमा ल्याउन सके अझ राम्रो हुने धारणा व्यक्त गरे । अहिलेको संकटको परिस्थितीले नेपाल अब डिजिटल प्रविधिमा जान सक्ने बातावरण बनेको भन्दै इन्नोभेटरहरुलाई अघि बढ्न प्रोत्साहन गरे ।
प्रदेश ५, आइसिटी बोर्डका कार्यकारी निर्देशक अनुप बास्कोटाले प्रदेश ५ सरकारले ल्याएको नेपाल ट्रेसिङ एप्लिकेशन मार्फत कारोना संक्रमितलाई ट्राक गर्न सकिने भएपनि अझै नेपालमा प्रविधिको इप्लिमेन्टेसनमा समस्या रहेको बताए । प्रविधि बनाउन सजिलो भएपनि यसको सहि तरिकाले प्रयोग गर्न कठिन भएको बताए । प्रदेश ५ ले विकास गरेको प्रविधि प्रदेश ६ र अन्यमा पनि प्रयोग गर्न लागिएको जानकारी दिदै उनले धेरै एप्लिकेशन सञ्चालन भएपनि त्यसको मोनिटरिङ, डेटा म्यानेजमेन्ट र सेक्युरिटीको कुरामा भने विशेष ध्यान दिनुपर्ने बास्कोटाले बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गठन गरेको प्रविधि र इन्नोभेसन उप समितिका संयोजक प्रा.डा रमेश मास्केले अहिले विकास भइरहेका प्रविधिहरुलाई प्रोत्साहन गर्दै जानुपर्ने बताए । उनले भने, हामि डिप्रेस हुने नभइ इन्नोभेसनमा लाग्ने हो । नाष्टका वरिष्ठ निर्देशक तथा डा रबिन्द« ढकालले नाष्ट सरकारसँग सहकार्य गरि इन्नोभेटरलाई प्रवद्धन गर्दै प्रविधिको विकास र प्रयोगमा लगिरहेको बताए । कार्यक्रममा विभिन्न इन्नोभेटर तथा विज्ञहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा एआई विज्ञ डा. विशेष खनाल, राम लक्ष्मण रिमाल, पाइला टेक्नोलोजीका विनय राउत, नक्साका को फाउण्डर उत्तम पुडासैनी, स्मार्टपालिकाका मनोज भट्टराई लगायतले कोरोना नियन्त्रणमा आफुले गरिरहेका प्रयास र सरकारले गर्नुपर्ने संयोजन र सहयोगको ’boutमा विचार राखेका थिए । पूर्वमन्त्री गणेश शाह तथा शिक्षा मन्त्रालयको कोरोना नियन्त्रण सहयोग समितिका संयोजक गणेश शाहले अब सरकारले सबैको सहयोग र सहकार्यमा भइरहेका प्रविधिलाई व्यवस्थित गरि दुरदराजसम्म पहुच विस्तार गर्न लाग्नुपर्ने र यसतर्फ आवश्यक पहल गर्ने बताए । अनलाइन मार्फत भएको कोरोना नियन्त्रणमा इन्नोभेसन र प्रविधि विषयको कार्यक्रमको सञ्चालन हेमपाल श्रेष्ठ र राजन लम्सालले गरेका थिए । अनलाइन छलफलमा ९० जनाबढिको सहभागिता रहेको थियो ।
केन्द्रियसरकार र प्रदेश ५ ले ल्याए कोरोना ट्रेसिङ एप
सरकारले कोभिड १९ को महामारीलाई रोक्न र कोरोनाभाइरसको ट्रेसिङ्ग गर्न नयाँ एप ल्याउने भएको छ । सरकारले हालको विभिन्न कार्यहरुलाई एउटै एपमा समावेश गर्नेगरि एकिकृत एप ल्याउन लागेको अनलाइन छलफलमा प्रधानमन्त्रीका आइटी सल्लाहकार अश्गर अलीले जानकारी दिए । एप निमार्ण कार्य सकिसकेको र परिक्षणमा रहेको बताउदै उनले केहि दिनमै प्रधानमन्त्रीले यसको सार्वजनिक गर्ने बताए । ुकोभिड एनपीु नाम रहेको एप प्ले स्टोरमा उपलब्ध भइसकेको जानकारी दिदै उनले भने, यो एपले ब्लूटूथ ट्राकिङ्ग मार्फत कोरोनाभाइरसको संभावित संक्रमितहरुलाई पत्ता लगाउन सहयोग गर्न सक्दछ ।
यसअघि गत चैत्र २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै कोरोनाभाइरसको संक्रमितहरुको पहिचान गर्न एउटा ट्रेसिङ्ग एप बनाउने बताएका थिए । अहिले सोहि अनुसार सो नयाँ एप तयार पारिएको हो । एपमा अनुमतिसहित लोकेसनको ’boutमा समेत जानकारी दिने सुबिधा रहेको छ भने यसले तपाईँको फोन नम्बर हेर्नसक्ने सुविधा अर्थात अलाउ रिड फोन नम्बर भन्ने फीचर रहेको छ । कोभिड १९ ट्रेसिङ गर्ने सो सरकारी एपबाट अनलाइन सपिङ्ग समेत गर्नसकिने सुविधा छ । यो एपलाई संचार तथा सूचना प्रविधि मन्त्रालय अन्तरगतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले तयार पारेको हो । उक्त कार्यक्रममा नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लि अधिकारीले यस एपको लागि टेलिकमले डेटा प्रशोधन तथा ओटिपी जेनेरेट गर्ने काम भइसकेको बताए । यसैगरी प्रदेश ५ सरकारले पनि नेपाल ट्रेस नाम गरेको कन्ट्याक्कट ट्रेसिङ एप सार्वजनिक गरिसकेको छ । यो एपले ब्लुटुथ प्रविधिमा आधारित रहेर डेटा एनालाइसिस गर्दै रिपोर्ट दिनेछ ।