सूर्यको प्रकाश र आर्द्रताले कोरोना भाइरसलाई चाँडै मार्छ : अमेरिकी वैज्ञानिक

अमेरिकी वैज्ञानिकहरूले सूर्यको प्रकाशले कोरोना भाइरस चाँडै नष्ट हुने बताएका छन्। तर उद्धृत गरिएको अध्ययन सार्वजनिक गरिएको छैन। वैज्ञानिकहरू बाह्य मूल्यांकनको नतिजा पर्खिरहेका छन्। 

सरकारी वैज्ञानिकहरूले अल्ट्राभायोलेट किरणले किटाणुविरूद्ध शक्तिशाली प्रभाव पार्ने निष्कर्ष निकालेको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका लागि विज्ञान र प्रविधि सल्लाहकार विलियम ब्रायनले बताए। यसले गर्मी बढेसँगै भाइरस फैलिने क्रम रोकिने आशा पलाएको छ।

सूर्यको प्रत्यक्ष प्रकाशमा भाइरस चाँडो नष्ट हुने ब्रायनले बताए।  “सूर्यको प्रकाशले सतह र हावामा भाइरसविरूद्ध शक्तिशाली प्रभाव जमाउँछ र भाइरस नष्ट गर्छ,” उनले भने,“तापक्रम र आर्द्रतामा पनि उस्तै प्रभाव देखिएको छ। तापक्रम र आर्द्रता वा दुवै बढे भाइरसका लागि प्रतिकूल नहुने देखिएको छ।”

अल्ट्राभायोलेट किरणमा निर्मलीकरण गर्ने क्षमता हुन्छ। धेरै पहिले नै पत्ता लागेको तथ्य हो। विकिरणले भाइरसको जेनेटिक मटिरियल र प्रजनन गर्ने क्षमता नष्ट गर्छ। तर सिंगापुर, मलेसिया र थाइल्यान्डजस्ता गर्मी स्थानमा पनि कोरोना भाइरस घातकसिद्ध भएको छ। सले वातावरणीय कारकको प्रभाव’bout वृहत प्रश्न उठाएको छ।

विश्व स्वास्थ्य संगठनकी डा. मार्गरेट ह्यारिसले सूर्यको प्रकाशको सिद्धान्तलाई पुष्टि गर्ने प्रमाण नभएको बताइन्। “माफ गर्नुहोस् तर धेरैले आशा गरेजस्तो गर्मीले प्रभाव पार्छ भन्ने आश गर्न सकिँदैन,”उनले भनिन्।

गर्मीले भाइरस उन्मूलन हुन्छ भन्नु गैरजिम्मेवारपूर्ण हुने ब्रायनले चेतावनी दिएका छन्। तर त्यो समयले महाव्याधिभन्दा अघि बढ्ने अवसर प्रदान गर्ने उनले बताए। ब्रायनले उद्धृत गरेको अनुसन्धान समीक्षाका लागि सार्वजनिक गरिएको छैन। अनुसन्धानको विधि कति बलियो छ, त्यस’bout स्वतन्त्र विशेषज्ञलाई प्रतिक्रिया दिन कठिनाइ भएको छ।

परीक्षणमा अल्ट्राभायोलेट किरणको “इन्टेन्सिटी” र “वेभलेन्थ” के कति प्रयोग गरियो, एउटा महत्वपूर्ण प्रश्न हुनसक्छ। गर्मीको प्राकृतिक प्रकाशसँग कति मिल्दोजुल्दो छ त्यो पनि महत्वपूर्ण छ। अघिल्ला अध्ययनमा न्यानो तापक्रम र उच्च आर्द्रताले भाइरस फैलिनबाट रोक्ने विश्वसनीय प्रमाण भेटिएको छैन।

ब्रायनले मेरील्यान्डस्थित नेसनल बायोडिफेन्स एनलाइसिस एन्ड काउन्टरमेजर्स सेन्टरमा गरिएको परीक्षणको प्रमुख नतिजाको संक्षेप प्रस्तुत गरेका थिए।

अँध्यारो र आर्द्रता न्यून भएको वातावरणमा स्टेनलेस स्टिलजस्ता हावा र तरल पदार्थ वारपार नहुने अर्थात् नन पोरस सतहमा भएको नयाँ कोरोना भाइरसको आधा शक्ति हराउन १८ घण्टा लाग्ने ब्रायनले बताए।

उच्च आर्द्रतायुक्त वातावरणमा आधा जीवन ६ घण्टा र, उच्च आर्द्रता र सूर्यको प्रकाशमा राख्दा त्यो आधी जीवन दुई मिनेटमा झरेको उनले बताए।

हावामा भएका कोरोना भाइरसमा पनि त्यस्तै प्रभाव देखिएको र अँध्यारो कोठामा भाइरसले आफ्नो आधा शक्ति एक घण्टासम्म राखेको अनुसन्धाताले पत्ता लगाए।

तर सूर्यको प्रकाशमा ९० सेकेन्डमै आधा शक्ति गुमेको ब्रायनले बताए। ब्लिचभन्दा इसोप्रोपिल अल्कोहल बढी प्रभावकारी भएको पनि अनुसन्धाताले पत्ता लगाएका छन्।काठमाडौँ प्रेस