ओली र नेपालसमुहको बैठक सकियो, सचिवालय बैठक भोलि

काठमाडौं, वैशाख १५ : सत्तारुढ नेपाल प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटपछि दुवै पक्षका नेताहरुबीच छलफल सकिएको छ। छलफलबाट मंगलबार सचिवालय बैठक बोलाउने निणर्य भएको छ।
प्रधानमन्त्री ओली र नेपालबीच सोमबार बिहान भेटवार्ता भएलगतै दुई पक्षका नेताहरु कोटेश्वरस्थित नेपाल निवासमा छलफलमा जुटेका थिए। ओलीले नेपाल पक्षसँग वार्ता गर्न ईश्वर पोखरेल, बिष्णु पौडेल,शंकर पोखरेल र प्रदिप ज्ञवालीलाई जिम्मा दिएका थिए। छलफलमा नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त सहभागी थिए।