सचिवालयको निर्णय: वैशाख २५ गते स्थायी समिति बैठक, प्रधानमन्त्रीद्वारा आत्मालोचना, बामदेवलाई प्रतिनिधिसभामा लैजाने

काठमाडौं, बैशाख २०ः नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ। शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
२४ गते बस्ने सचिवालय बैठकले पार्टीको वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्ने र सोही कार्ययोजना सचिवालयका तर्फबाट स्थायी समिति बैठकमा प्रस्तुत गरिने श्रेष्ठले जानकारी दिए।
आजको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार वा पार्टी सञ्चालन सम्बन्धमा भएको गल्तिको आत्मालोचना गरेको पनि श्रेष्ठले बताए।
२५ गते बस्ने स्थायी समिति बैठकको तयारीका लागि वैशाख २४ गते पुन सचिवालय बैठक डाएिको छ । उक्त बैठकले स्थायी समिति बैठकमा पेश हुने पार्टीको वर्तमान अवस्था र भावी कार्ययोजना प्रस्तुत गर्ने बताइएको छ।
बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुत्त समयमा प्रतिनिधिसभा सदस्य बनाउने निर्णय समेत गरेको छ ।