डा. भरतराज गौतम संसद सचिवालयको महासचिवमा नियुक्त

काठमाडौं, वैशाख २२ : संघीय संसद सचिवालयको महासचिवमा डा. भरतराज गौतम नियुक्त भएका छन्। 

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गरेकी हुन्। 

यसअघि सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले डा. गौतमलाई संघीय संसद सचिवालयको महासचिवमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए। 

गौतम यसअघि संघीय संसद सचिवालयको सचिव र प्रवक्ताका रुपमा काम गरिसकेका व्यक्ति हुन्।

मनोहर भट्टराईले अनिवार्य अवकाश पाएपछि यसअघि सभामुख सापकोटाले सचिव गोपालनाथ योगीलाई गत चैत २ गते कार्यवाहक महासचिवको जिम्मेवारी दिएका थिए। योगीलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिएपछि सभामुख सापकोटासँग राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना असन्तुष्ट भएका थिए।