कोरोना भाइरस थप १७ जनामा संक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौं, वैशाख २४   नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

राष्ट्रिय जनस्वास्थय प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा पर्सा वीरगञ्जका १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए। 

उनका अनुसार संक्रमित दुईदेखि ६६ वर्ष उमेरका सात महिला र १० पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ। संक्रमित ९९ मध्ये ७१ जना पुरुष र २८ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।