कोरोना भाइरस’bout अध्ययन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा हत्या

काठमाडौं, वैशाख २५ : कोरोना भाइरस’bout अध्ययन गरिररहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या भएको छ। युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसियन विभागका सहायक प्रध्यापक रहेका बिङ लीको हत्या गरिएको अवस्थामा शव फेला परेको हो। ३७ वर्षीय लीको शव शनिबार आफ्नै घरमा भेटिएको थियो। 

उनको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ। प्रहरीका अनुसार लीको हत्या उनकै मिल्ने साथी हाउ गुले गरेका हुन्। ४६ वर्षीय सफ्टवेयर इन्जिनियर रहेका गुले लीको हत्या गरेपछि आत्महत्या गरेको प्रहरीको भनाई छ। ली हत्या गरि फर्किँरहेका गुले आफ्नै कारमा आत्महत्या गरेको प्रहरीले जनाएको छ।

सिंगापुरमा स्नातक र पीएचडी सकेर अनुसन्धानको लागि अमेरिका पुगेका ली कोरोना भाइरसको विषयमा निकै महत्वपूर्ण खोजको नजिक पुगेका थिए।

उनको हत्यासँगै सामाजिक सञ्जालमा विभिन्न अफवाह फैलिएका छन्। चिनियाँ सामाजिक सञ्जाल वीबोका एक प्रयोगकर्ताले अमेरिकाको प्रयोगशालाबाट कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउन नजिक पुगेको कारण उनको हत्या भएको बताएका छन्।

यसअघि चिनियाँ अधिकारी र सरकारी सञ्चारमाध्यमले अमेरिकी सेनाले कोरोना भाइरस वुहानमा ल्याएर छाडेको आरोप लगाएका थिए।

बीबीसी