थप एक जनामा नेपालगञ्जमा कोरोनाको संक्रमण पुष्टि, नेपालभर संक्रमितको संख्या १०२

काठमाडौं, वैशाख १६ : बाँकेको नेपालगञ्जमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

शुक्रबार भेरी अस्पतालमा गरिएको परीक्षणमा  १६ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. विकास देवकोटाले जानकारी दिए।

यसअघि नेपालगञ्जमा २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो। नेपालगञ्जमा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या २४ पुगेको छ भने नेपालभर संक्रमितको संख्या १०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।