उदयपुरको भुल्केमा थप एकजना महिलामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०

विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरको भुल्केमा थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ।
यसघि आजै भुल्केकै तीनजना महिलामा संक्रमण देखिएको थियो। उनीहरूलाई विराटनगरको कोसी अस्पताल भर्ना गरिसकिएको छ।
आज थपिएकी संक्रमितलाई भने भोलि अस्पताल पठाउने जिल्ला स्वास्थ्य कार्यालयले तयारी गरेको छ।